नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १६, २०८३ बागेश्वरी पोस्ट
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने

नेपालगञ्ज । भेरी अस्पतालले कुकुर तथा अन्य जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको विवरण व्यवस्थित रूपमा संकलन, अभिलेख र अध्ययन गर्न ‘बाइट रजिष्ट्रि’ ‘BITE Registry’ सञ्चालनमा ल्याएको छ ।

अस्पतालले विद्युतीय स्वास्थ्य अभिलेख (ईएचआर) प्रणालीसँग जोडिएको बिल्ड (Bheri Hospital Unified Institutional Learning Database)  अन्तर्गत यो रजिष्ट्रि सुरु गरेको जनाएको छ । यसमार्फत जनावरको टोकाइ, सर्पदंश, किराको टोकाइ तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित सबै विवरण डिजिटल रूपमा सुरक्षित गरिनेछ ।

रजिष्ट्रिमा बिरामीको आधारभूत विवरण, चोटको अवस्था, उपचारको प्रक्रिया, रेबिजविरुद्धको खोप, रेबिज इम्युनोग्लोबुलिन, सर्पदंशका बिरामीलाई दिइने एन्टि–स्नेक भेनम, औषधिको मात्रा, उपचारपछि आएको सुधार तथा बिरामीको स्वास्थ्य अवस्थासम्बन्धी विवरण राखिने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार यसबाट प्राप्त हुने तथ्यांक उपचारलाई अझ प्रभावकारी बनाउन, उपचारसम्बन्धी मापदण्ड सुधार गर्न, औषधिको आवश्यकता योजना बनाउन, अनुसन्धान गर्न तथा प्रमाणमा आधारित स्वास्थ्य नीति बनाउन उपयोगी हुनेछ ।

यस अनुसन्धानका प्रमुख अनुसन्धाता भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं रहेका छन् । अनुसन्धान टोलीमा प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे, मिर्गौला रोग विशेषज्ञ डा. सौरभ सिंह हमाल, बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का, कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसाल, एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डे, फरेन्सिक विभाग प्रमुख डा. अरवीन शाक्य, मेडिकल अफिसर डा. आनन्द न्यौपाने, डा. देवेन्द्र आचार्य तथा माइक्रोबायोलोजिस्ट आकाश मिश्र सदस्य रहेका छन् ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालमा जनावरको टोकाइका ८ हजार ४०४ र विषालु सर्पदंशका ८० घटना अभिलेख भएका छन् । प्रमुख अनुसन्धाता डा. चापागाईंका अनुसार भेरी अस्पतालमा विशेषगरी बाँके र बर्दियाबाट जनावरको टोकाइ र सर्पदंशका बिरामी धेरै आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा हुने मानव–वन्यजन्तु द्वन्द्वका घटनाको तथ्यांक राख्न पनि यो रजिष्ट्रि उपयोगी हुने उनले बताए ।

उहाँका अनुसार यसबाट प्राप्त तथ्यांकले जोखिम बढी भएका क्षेत्र पहिचान गर्न, उपचार सेवा अझ प्रभावकारी बनाउन, औषधिको आवश्यकता वैज्ञानिक रूपमा अनुमान गर्न, स्रोत–साधन व्यवस्थापन गर्न तथा भविष्यमा प्रमाणमा आधारित स्वास्थ्य नीति बनाउन सहयोग पुर्‍याउनेछ ।

भेरी अस्पतालका अनुसार बाइट रजिष्ट्रि शनिबारदेखि प्रारम्भिक रूपमा सञ्चालनमा आएको हो । आगामी दिनमा यसको दायरा विस्तार गर्दै यसलाई राष्ट्रिय स्तरको ‘नेपाल बाइट रजिष्ट्रि’ का रूपमा विकास गर्ने लक्ष्य अस्पतालले लिएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले गुणस्तरीय उपचार सेवा, अनुसन्धान र प्रमाणमा आधारित स्वास्थ्य प्रणाली विकासका लागि यो रजिष्ट्रि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले यसको प्रभावकारी कार्यान्वयनका लागि अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सक्रिय सहयोग गर्न आग्रह गरे ।

अस्पतालका अनुसार यस प्रणालीले जनावरको टोकाइ तथा विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको भरपर्दो तथ्यांक उपलब्ध गराउने, उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, अनुसन्धानलाई बलियो बनाउने तथा भविष्यमा राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP