Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २५, २०८३ बागेश्वरी पोस्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यान्वयनमा लगातार तेस्रो वर्ष पनि जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा डुडुवाले कुल ७३.७ अंक प्राप्त गर्दै जिल्लामा प्रथम स्थान हासिल गरेको हो ।

स्वास्थ्य सेवामा प्रभावकारी कार्यसम्पादन गर्दै आएको डुडुवा लगातार उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँपालिकाले स्थापना भएदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको छ । पछिल्ला नौ वर्षमा दुई पटक दोस्रो र तेस्रो स्थानमा रहे पनि त्यसपछि नियमित रूपमा प्रथम हुँदै आएको उनले बताए ।

जिल्लामा प्रथम भएको डुडुवा गाउँपालिकालाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्टताको प्रमाणपत्रसहित सम्मान गरिन् । त्यस अवसरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सीताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेले जानकीमा आयोजना गरेको ‘जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम’ मा उत्कृष्ट पालिकालाई सम्मान गरिएको हो । स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादनका आधारमा डुडुवाले जिल्लाका अन्य पालिका भन्दा बढी अंक प्राप्त गरी सर्वोत्कृष्ट भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले जानकारी दिइन् ।

उनका अनुसार पालिकाहरूको मूल्याङ्कन स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न २८ वटा सूचक तथा स्वास्थ्य कार्यालयबाट गरिएको समग्र मूल्याङ्कनका आधारमा गरिएको हो । डुडुवा गाउँपालिकाले विगतदेखि नै स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै ‘घरघरमा स्वास्थ्य सेवा’ अभियान सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले हाल पाँच स्थानमा निःशुल्क प्रयोगशाला सेवा, पाँच शय्याको आधारभूत अस्पताल, ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार सेवा, दुई वटा एम्बुलेन्स तथा सबै क्षेत्रमा सुविधासम्पन्न आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी टाढा तथा स्वास्थ्य सेवाबाट वञ्चित गाउँहरूमा थप स्वास्थ्य एकाइ स्थापना, सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन, नेपाल सरकारले उपलब्ध गराउने औषधि बाहेक मधुमेह, उच्च रक्तचाप लगायत जटिल रोगका लागि थप निःशुल्क औषधिको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । गाउँघर क्लिनिक, नियमित खोप, प्रसूति सेवा तथा स्वास्थ्य समस्या देखिने बित्तिकै घरमै स्वास्थ्यकर्मी पुगेर सेवा दिने व्यवस्था पनि सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरीले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार ७० अंक प्राप्त गर्दै जानकी गाउँपालिका दोस्रो र ६९.८९ अंकसहित नरैनापुर गाउँपालिका तेस्रो भएका छन् । राप्तीसोनारी गाउँपालिका चौथो, खजुरा गाउँपालिका पाँचौँ, कोहलपुर नगरपालिका छैटौँ, बैजनाथ गाउँपालिका सातौँ र नेपालगन्ज उपमहानगरपालिका आठौँ स्थानमा रहेका छन् ।

बुधबारदेखि सुरु भएको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
बाँकेमा ६ हजार बढी किशोरीलाई 'एचपीभी खोप' लगाइँदै
बाँकेमा ६ हजार बढी किशोरीलाई 'एचपीभी खोप' लगाइँदै
३७ जनाले गरे रक्तदान
३७ जनाले गरे रक्तदान
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP