prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अनलाइन शिक्षाका लागि पोख्त बन्दै शिक्षक
अनलाइन शिक्षाका लागि पोख्त बन्दै शिक्षक
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १२, २०७७ बागेश्वरी पोस्ट
अनलाइन शिक्षाका लागि पोख्त बन्दै शिक्षक

नेपालगन्ज । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ। 

वार्षिक शैक्षिक क्यालेण्डर नै लागू नहुने यो स्थितिमा नेपाल शिक्षक महासङ्घको पहलमा कक्षा १० (एसइई) का विद्यार्थीलाई सहयोग पु-याउने उद्देश्यले विद्यार्थी हेल्प डेस्कको स्थापना गरिएको छ । सातवटै प्रदेशमा मुख्य पाँच विषयका शिक्षक समावेश गरी गत चैत १३ गतेदेखि यो डेस्कबाट अनलाइन सहयोग भइरहेको छ । डेस्कले जिल्लामा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी अनलाइन तालिम शुरु गरेको हो । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षकका लागि समयसापेक्ष तालिमद्वारा प्रशिक्षित गर्न दैनिक पठनपाठन क्रियाकलापमा आवश्यक आधारभूत तालिमको सञ्चालन गरिरहेको छ ।

सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलका अनुसार गत चैत २२ गतेको जिल्ला समितिको अनलाइन बैठकको निर्णयअनुसार दैनिक बिहान ११ बजे अनलाइन तालिम सञ्चालन गरिएको हो । “फेसबुक मेसेन्जरमा पर्याप्त सहभागी हुन नसक्ने अवस्थालाई हेर्दै जुम एपबाट तालिम शुरु गरेका हौँ”, उहाँले भन्नुभयो । तालिमको नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले उद्घाटन गर्नुभएको थियो ।

यस अवधिमा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, अध्यक्ष थापा, शिक्षा तथा मानव संशाधन विकास केन्द्रका महानिर्देशक डा तुलसीप्रसाद थपलिया, डा शेषकान्त पङ्गेनी, लक्ष्मण शर्मालगायतका विज्ञबाट तालिमको सहजीकरण गरिएको छ । 

तालिमप्रतिको आकर्षण बढिरहेको जनाउँदै सङ्गठनका जिल्ला सचिव तीर्थराज ढकालले तालिम अवधिकै बीचमा गत चैत २९ गते सङ्गठनको ४१औँ स्थापना दिवस रर यही वैशाख १ गते नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसमेत अनलाइन प्रविधिकै उपयोगबाट गरिएको छ ।

अध्यक्ष पौडेलले समापनका अवसरमा ‘महामारीका अवस्थामा शिक्षा’ विषयमा शिक्षकका पेशागत सङ्गठन, शिक्षाविद्, नेपाल सरकारका प्रतिनिधि, अभिभावकका प्रतिनिधि तथा विद्यार्थी प्रतिनिधिसमेतको उपस्थितिमा समूहगत छलफल गरी प्राप्त सुझाव नेपाल सरकारलाई बुझाइने बताउनुभयो ।

अनलाइन तालिमको प्रभावकारिता बढ्दै गएको अवस्थामा जिल्लामा अन्य पेशागत सङ्गठनहरूले पनि अनलाइन प्रशिक्षण थालेका छन् । शिक्षक सङ्गठन कास्कीको सूचना तथा प्रविधि विभागको पहलमा गुगल क्लास पनि सञ्चालनमा गरिएको छ । आम शिक्षकलाई प्रविधिमैत्री बनाइ कोरोना महामारीकै अवस्थामा पनि भर्चुअल कक्षामार्फत सिकाइ क्रियाकलाप सञ्चालन गर्ने योजना रहेको विभागका संयोजक दामोदर तिमिल्सिनाले बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP