prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अस्पताल डुलाउँदा डुलाउँदै गयो बिरामीको ज्यान
अस्पताल डुलाउँदा डुलाउँदै गयो बिरामीको ज्यान
banijya office
बागेश्वरी पोस्ट
आइतबार, भदौ १४, २०७७ बागेश्वरी पोस्ट
अस्पताल डुलाउँदा डुलाउँदै गयो बिरामीको ज्यान
सांंकेतिक तस्बिर

nepalgunj 081-082

चितवन ।अस्पतालै अस्पतालको सहर भरतपुरमाथि बिरामीको ठूलो भरोसा छ। तर, यहाँका अस्पतालहरू भने अचेल बिरामीको उपचारबाट भाग्ने प्रतिस्पर्धामा छन्। अस्पतालहरूको यही प्रतिस्पर्धाका कारण आइतबार जण्डिस र कलेजोका एक बिरामीले ज्यान गुमाए। बिरामी जुनसुकै समस्याका हुन्, यहाँका निजी अस्पताल तथा मेडिकल कलेजहरू ज्वरो आएकालाई भर्ना लिनै मान्दैनन्। कोरोना संक्रमणको आशंकामा अस्पतालहरूले आइसियू र भेन्टिलेटर नभएको भन्दै बिरामी पन्छाउने गरेका छन्। शनिबार साँझ नवलपुरको कावासोती–३ गुम्बाचोकका ५४ वर्षीय होमबहादुर गुरुङको स्वास्थ्यमा समस्या आयो। परिवारका सदस्यहरूले हतार–हतार उनलाई नजिकै रहेको कालिगण्डकी अस्पतालमा पुर्‍याए। अस्पतालले सामान्य उपचार गरेपछि भरतपुरका अस्पतालमा लैजान सुझायो। श्रीमती माया र भाइ टेकप्रसादले एम्बुलेन्स खोजेर होबहादुरलाई भरतपुरस्थित चितवन मेडिकल कलेज पुर्‍याए। भरतपुर आइपुग्दा रातको १ बजिसकेको थियो। रात छिप्पिँदै गए पनि अस्पतालको सहरमा आइपुग्दा बिरामी अनि आफन्तको आशा बढेको थियो। उनीहरूले बिरामीको समस्या सुनाएर उपचारका लागि अनुरोध गरे। ‘तर, अस्पतालले बिरामीका लागि आइसियू आवश्यक पर्छ, यहाँ आइसियू भरिएको छ अन्य अस्पताल लैजानू भन्यो,’ भाइ टेकप्रसादले सुनाए, ‘केहीबेर आग्रह गर्‍यौं, भर्ना नलिएपछि अरु अस्पताल खोज्न निस्कियौं।’ बिरामीसहितको एम्बुलेन्स लिएर उनीहरू केही परको नारायणी सामुदायिक अस्पताल पुगे। अस्पतालको गेट बन्द थियो। केहीबेरको प्रयासपछि अस्पतालका कर्मचारीसँग उनीहरूको सम्पर्क त भयो तर अस्पतालले आफ्ना सबै डाक्टरहरू क्वारेन्टिनमा रहेको भन्दै भर्ना लिन मानेन। त्यसपछि उनीहरू मनकामना अस्पताल पुगे। त्यहाँ पनि अनुरोध सुनुवाइ भएन। उनीहरू बिरामी बोकेर भरतपुरस्थित अस्पताल रोड र आसपासका सबै अस्पताल चहारे। ‘कोहीले आइसियू छैन भने, कोही डाक्टर छैनन्,’ टेकप्रसादले सुनाए। पुरानो मेडिकल कलेज पनि पुगे। त्यहाँबाट पनि उही जवाफ आयो, ‘आइसियू खाली छैन।’ उनीहरू फर्किएर पुनः चितवन मेडिकल कलेज पुगे। बिरामीले पहिले पनि यहीँ उपचार गराउने भएकाले आफन्तहरूको आशा यसै अस्पतालमाथि अलि बढी थियो। ‘तर, दोस्रो पटकको अनुरोध पनि सुनेनन्,’ उनले भने। बरु कसैले उनीहरूलाई भन्यो, ‘सरकारी अस्पतालमा लगे केही हुन्थ्यो कि?’ सानो आशा पलायो। चितवन मेडिकल कलेजको आकस्मिक कक्ष अगाडि रहेका उनीहरूले एम्बुलेन्स फर्काउन लगाए। भरतपुर अस्पताल पुगेर बिरामीको अवस्था बुझाए। तर, सरकारी अस्पतालले पनि आइसियू, भेन्टिलेटर सबै भरिएको भन्दै जतिसक्दो छिटो अन्य अस्पतालमा भर्ना गर्न सुझाव दियो। ‘सुझाव त दियो तर हामी सबै अस्पताल पुगिसकेका थियौं। फेरि कता लैजाने?,’ हेमप्रसादले दुःख सुनाए, ‘हामीले लगे पनि कसैले भर्ना नै लिँदा रहेनछन्।’ उनीहरू भरतपुर अस्पताल परिसरमै एम्बुलेन्सभित्रै बसिरहे। त्यहीँबाट प्रहरीलाई फोन गरे। करिब डेढ घण्टापछि पहिलेकै स्वास्थ्यकर्मी महिला पुनः आएर भनिन्, ‘अझै लैजानु भएन?’ तर, यसपटक उनी अलि कोमल बनिन्। बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार गराइयो। करिब दुई घण्टापछि भरतपुर अस्पतालले बिरामीमा कुनै सुधार नदेखिएको भन्दै भेन्टिलेटर भएको अस्पताल लैजान भन्यो। उनीहरूले बिरामीलाई एम्बुलेन्समा राखेर तेस्रो पटक चितवन मेडिकल कलेज पुगे। पुनः अनुरोध गरे। ‘एक जना स्वास्थ्यकर्मी आएर बिरामीको ज्वरो नापिन्। ज्वरो एक सय ५ डिग्री पुगेको थियो,’ हेमराजले भने, ‘भरतपुर अस्पतालले ज्वरो आएको विषयमा केही पनि भनेको थिएन। एक्कासि ज्वरो आएछ।’ अस्पतालले फेरि आलटाल गर्‍यो। केहीबेरमा बिरामीको स्वास्थ्य अवस्था थप खराब बन्यो। परिवारका सदस्यहरूको रुवाबासी सुरू हुन थाल्यो। त्यसपछि भने अस्पतालका स्वास्थ्यकर्मीहरुले बिरामीलाई भित्र लगे। त्यसअघि बिरामीका आफन्तहरूले चिनेजानेकाहरूलाई पटक–पटक फोन गरेर भर्नाका लागि अस्पतालका सञ्चालकलाई भनिदिन आग्रह गरेका थिए। बिरामीलाई ढिलै भए पनि अस्पतालभित्र लगिँदा आफन्तमा नयाँ आशा पलायो। तर, आशाको त्यान्द्रो केहीबेरमै टुट्यो। करिब एक घण्टामा अस्पतालले उनलाई मृत घोषणा गर्‍यो। अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बिरामीलाई बचाउन धेरै प्रयास गरेको बताए। ‘हामीले भेण्टिलेटरमा राखेर सक्ने जति प्रयास गर्‍यौं तर बचाउन सकिएन,’ उनले भने। डा.लम्सालका अनुसार बिरामीको कलेजोमा समस्या थियो। उनको कलेजो नै प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगिसकेको थियो। साथै उनमा जण्डिसको समस्या पनि थियो। बिरामीका आफन्तले अस्पतालहरूले बिरामीको उपचार नगरी गम्भीर लापरबाही गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएका छन्। जिल्ला प्रशासन कार्यालयले अस्पतालले बिरामीलाई आकस्मिक सेवा दिनैपर्ने भन्दै नदिनेलाई कारबाही गर्ने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विगतमा जस्तो सहज अवस्था नभए पनि प्रशासनको निर्देशनपछि केही दिन यता उपचारका लापरबाही कम भएको बताए। ‘हामीले निरन्तर अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘हामीले दिएको निर्देशनको पालना भएको रहेनछ भने नियमानुसार कारबाही गर्छौं।’                             सेतोपाटीबाट साभार।


प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १८:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP