prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सम्वाद समूहको अन्तर सम्वाद -भेरीमै थप बेडसहितको आइशालेशन सञ्चालनको प्रतिवद्धता
सम्वाद समूहको अन्तर सम्वाद -भेरीमै थप बेडसहितको आइशालेशन सञ्चालनको प्रतिवद्धता
banijya office
बागेश्वरी पोस्ट
सोमबार, असोज १२, २०७७ बागेश्वरी पोस्ट
सम्वाद समूहको अन्तर सम्वाद -भेरीमै थप बेडसहितको आइशालेशन सञ्चालनको प्रतिवद्धता

नेपालगञ्ज । बढ्दो कोरोना (कोभीड १९) संक्रमीतको सहज र प्रभावकारी उपचारका लागि भेरी अस्पतालमै थप बेडसहितको आइशोलेशन सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

nepalgunj 081-082

सम्वाद समूह बाँकेको संयोजनमा कोरोनाको बढदो संक्रमण, सहज र प्रभावकारी उपचार तथा आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरसम्वादमा सरोकारवालाले सामुहिक प्रतिवद्धता गरेका हुन् । भेरी अष्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भिर विरामीहरुको संख्या बढदै गएपछि थप आइसोलेशसहितको सेवा अनीवार्य देखीएको हो । भेन्टीलेटरसहितको सुविधायुक्त आइशोलेशन व्यवस्थापन तथा सञ्चालनको माग बढदै गइरहेका बेला सार्वजनिक सरोकारका सावालमा क्रियाशिल समूहले सरोकारवालावीच थप समन्वय र सहकार्यका लागि सम्वाद सहजीकरण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको विशेष उपस्थितीमा जनप्रतिनीधी, चिकीत्सक, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाबीच कोरोना संक्रमीतको प्रभावकारी उपचारका लागि गर्न सकिने पहल बारे अन्तर सम्वाद गरिएको थियो । कार्यक्रममा सहभागी सम्वद्ध विज्ञले बाँकेमा दैनिक ३० जनामा(औसतमा) कोरोना पोजीटीभ देखीइरहेको स्थितीमा अब थप संक्रमीतलाई राख्न सक्ने अवस्था नभएको भन्दै तत्काल भेरी अस्पतालमै थप बेड व्यवस्थापननै सर्वोत्तम विकल्प भएको औल्याए ।

भेरी अस्पताल कोरोना विशेष अस्पतालका कोभीड कमाण्डर डा. श्याम सुन्दर यादवले भेरी अस्पताल भित्रै थप आइशोलेशन सञ्चालन गर्नु नै उत्तम हुने दाबी गर्दै थप बेड राख्न सकिने ठाउँ पनि रहेको खुलासा गर्नु भयो । साथै उहाँले त्यसको व्यवस्थापनका लागि सामुहिक इछाशक्तिको आवश्यक्ता पनि औल्याउनु भयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालभित्रै थप डेढ सय बेड राख्न सकिने स्थानहरुको व्यवस्थापनका लागि सहयोगको अपील गर्नु भयो । बाँकेका प्रमख जिल्ला अधिकारी अधिकारी एवं जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्र प्रमुख कुरुम्वाङले भेरी अस्पतालमै आइसोलेशन व्यवस्थापन र सञ्चालनको लागि हर सम्भव प्रयास गरिएको भन्दै सबै पक्षको सहयोगको खाँचो रहेको बताउनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख उमा थापा मगरले आइसोलेशनको आवश्यक्तालाई मध्यनजर गरेर नीजी अस्पताल र होटेललाई पनि उपयोग गर्न सकिन्छ की भन्ने आशय व्यक्त गर्नु भयो । भेरी अस्पतालको निर्माणाधिन ५ तले भवनमै आइशोलशन सञ्चालन गर्ने की भन्ने वहस भइरहेका बेला शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगञ्जका इन्जीनीयर होमनाथ भुषालले भवन निर्माणको कार्य जारी रहेकाले प्रावीधीकीय मापदण्डमा अवरोध हुने भएकाले तत्काल नयाँ भवनमा भने सञ्चालनको सम्भावना नरहेको स्पष्ट पार्नु भयो ।

भेरी अस्पतालका निमीत्त मेसु डा सुमन अर्यालले कोरोना उपचार गरिइदा अन्य सेवा प्रभावित नहोस् भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका वरिष्ठ स्वास्थ्य प्रशासक धिरजंग शाहले कोरोनाबाट संक्रमीत हुनै नदिने तर्फ सचेतना बढाउनु पर्ने सुझाउनु भयो । खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले स्थानीय तहमा पनि कोरोनो विशेष अस्पतालको आवश्यक्ता औल्याउनु भयो ।

नेपालगञ्ज मेडीकल कलेजका सहायक निर्देशक डा नितेश कनोडीयाले सीमीत स्रोत साधनका वावजुद कोरोना संक्रमीतको उपचार गरिदै आईएको र थप आवश्यक सहकार्यका लागि पनि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्ला प्रहरी प्रमुख ओम राना, विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी वली लगायतले आइशोलशन सञ्चालनका लागि सबैको सामुहीक सहकार्यमा जोड दिनु भएको थियो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्तऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्यमाथि समूहका सदस्य अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता, कोभीड १९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा हाल सम्म २५ हजार पाच सय ६ जनाले कोरोना परिक्षण गराएकोमा एक हजार ८ सय २१ जनामा पोजेटीभ देखीएको छ भने एक जार चार सय ३४ जना डिसर्ज भएका छन् । बाँकेमा १९ जनाको मृत्यू भएकोमा १३ जना बाँकेका र ६ जना बाहिरी जिल्लाका रहेका छन् । यस्तै २१ जना होम आइआशोलेशन र ५० जना हाटेलमा रहेका छन् ।

यसैबीच समूहको सहजीकरण लगत्तै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ नेतृत्वको टोलीले अष्पतालमा थप बेडसहितको आइशोलेशनको सम्भाव्यता बारे अवलोकन समेत गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष धिताल, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगञ्जका इन्जीनीयर विजय केशर खनाल लगायत रहनु भएको थियो । हालै मन्त्री परिषद वैठकले जिल्ला सममन्वय समिती बाँकेमा रहेको ४ करोड रुपैया कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरिसकेको छ।


प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  ०७:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP