Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • १५ शैयाको राप्तीसोनारी अस्पताल उद्घाटन
१५ शैयाको राप्तीसोनारी अस्पताल उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १४, २०७७ बागेश्वरी पोस्ट
१५ शैयाको राप्तीसोनारी अस्पताल उद्घाटन

बैजापुर (बाँके) । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा १५ शैयाको राप्तीसोनारी अस्पताल उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अस्पतालको उद्घाटन गर्नुभयो ।

वडा नम्बर ४ मा रहेको बैजापुर स्वास्थ्य चौकीलाई राप्तीसोनारी अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो । प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीति अनुसार गाउँपालिकाले स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष थारुले बताउनुभयो ।

अस्पतालकारुपमा स्तरोन्नति भएसँगै अब नर्मल सर्जरी सेवा समेत यहीँबाट दिने तयारी अस्पतालले गरेको अस्पतालका प्रमुख डा. गोविन्द प्रसाद थारुले बताउनुभयो । अस्पतालकारुपमा स्तरोन्नति भएपछि सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउन अध्यक्ष थारुले स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ । सामान्य विरामी हुँदा पनि नेपालगन्ज अथवा कोहलपुर पुग्नुपर्ने बाध्यताको अब अन्त्य भएको अध्यक्ष थारुले बताउनुभयो । बार्षिक करिब २० हजारलाई सेवा दिँदै आएकोमा अब अस्पताल बनेपछि बार्षिक ३० हजारलाई सेवा दिने लक्ष्य लिइएको डा. थारुले बताउनुभयो ।अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ४ का अध्यक्ष कान्छा थारु, ८ नम्बरका अध्यक्ष खुम बहादुर बस्नेत, लेखा अधिकृत गौरब लामिछाने,स्वास्थ्य शाखा प्रमुख,उप- प्रमुख सुरेश शर्मा, शिक्षा प्रमुख लगायत अन्य कर्मचारी र स्थानियहरुको  पनि उपस्थिति थियो । 

अस्पताल उद्घाटनकै दिन आजै रोटरी क्लव अफ सेन्ट्रल बाँकेले गाउँपालिकासँगको सहकार्यमा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर समेत गरेको छ । भेरी अस्पतालका चिकित्सकहरुको उपस्थितिमा रोटरीले शिविर आयोजना गरेको हो ।

भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. संकेत रिसाल, वरिष्ठ सर्जन डा. रुपानन्द अधिकारी, बालरोग विशेषज्ञ डा. कुलदिप गोइत, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. दिनेश चौधरी, स्त्रीरोग विशेषज्ञ डा.कुमारसान शाह, छालारोग विशेषज्ञ डा.आर.के. झा, नेत्र सहायक विमल कार्की, डेन्टलका प्रेम डुम्रे लगायतको उपस्थिति रहेको थियो । शिविरबाट ४ सय बढीले सेवा लिएका छन् ।


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP