Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका
डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १३, २०७७ बागेश्वरी पोस्ट
डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका

डुडुवा (बाँके) । डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका बनेको छ ।

पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोपहरु लगाएपछि पालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार डुडुवा पहिला नै पूर्ण खोप गाउँपालिका घोषणा भएपनि दिगोपना नभएकाले आजदेखि जिल्लाको पहिलो पालिकाकोरुपमा दिगोपना भएको हो ।

आज आयोजित एक कार्यक्रमका वीच गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन् भनेर विशेष अभियानमूलक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले निःशुल्क औषधि उपचार, प्रयोगशाला जाँच, एम्बुलेन्स सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको भन्दै सेवाबाट बञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर पालिकाले काम गरिरहेको भन्दै स्वास्थ्यका क्षेत्रमा कुनै पनि कमी कमजोरी नहुने गरी र सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो । जन्मेदेखि १५ महिनासम्मका १ हजार ४ सय ४१ जना बालबालिकाले नियमितरुपमा सबै प्रकारका खोपहरु प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताउनुभयो । गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका १६ देखि २३ महिनाका जम्मा ७ सय ५१ जना बालबालिका नियमित खोप लिनबाट छुटेका थिए । ती बालबालिकाहरुलाई पनि घरदैलो गरेर खोप लगाएपछि पालिकाभित्र रहेका उमेर पुगेका सबै बालबालिकाले खोप लिएका छन् ।

जिल्लाकै पहिलो पूर्णखोप पालिका भएपछि पूर्ण खोप जिल्ला समितिले दिगोपनाको प्रमाणपत्र प्रदान गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चैन निरीक्षक जनक गिरीले उक्त प्रमाणपत्र पालिका प्रमुख चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो । घोषणा कार्यक्रममा कार्यपालिका सदस्य लिलावति यादव, ढोडे पासी, सुष्मा यादव, सदस्य नेतराम मौर्य लगायतको उपस्थिति रहेको थियो ।

यही फागुन ३० गतेभित्र बाँके जिल्लालाई पुर्ण खोप तथा दिगोपना घोषणा गरिसक्नुपर्नेछ ।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP