नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेको राप्तीसोनारी पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
बाँकेको राप्तीसोनारी पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
बागेश्वरी पोस्ट
सोमबार, माघ २६, २०७७ बागेश्वरी पोस्ट
बाँकेको राप्तीसोनारी पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

राप्तीसोनारी(अगैया)।बाँकेको राप्तीसोनारी गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी १६ देखी २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएकाले घोषणा गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक औपचारिक समारोहका बीच पूर्ण खोप गाउँपालिका भएको घोषणा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताउनु भयो । उहाँले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिनुभयो । ‘महिला स्वास्थ्य स्वयं सेविकाहरुको यसमा महत्वपुर्ण भुमिका छ, गाउँपालिकाले उहाँहरुको सेवा सुबिधा बढाउनमा कत्तिपनि कन्जुस्याई गर्नु हुदैन,’ श्रीवास्तवले भन्नुभयो । आगामी फागुनमहिना भित्रमा बाँकेलाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताउनु भयो । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि बार्षिक रुपमा करोडौं बजेट खर्च गर्दै आएको जानकारी गराउँदै उहाँले महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई कदर गर्दै सेवा, सुबिधा दिइरहेको बताउनु भयो । ‘म दाबीका साथ भन्न चाहन्छु, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई हाम्रो गाउँपालिकाले दिएको जति सेवा, सुविधा अन्य पालिकाले दिन सकेका छैनन्,’ उहाँले भन्नुभयो । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष थारुले जोड दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सबै गाउँपालिका र नगरपालिकाले पूर्ण खोप पालिका घोषणा गरिसकेपछि फागुन मसान्त सम्म जिल्लालाई घोषणा गरिने बताउनु भयो । यसका लागि सबै स्थानीय तहले साथ दिनुपर्ने उहाँको भनाई छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँ समाजमा अहिले पनि खोपबारे सर्बसाधारण अनविज्ञ रहेको बताउनु भयो । खोप लगाउने डरले कतिपय बालबालिका छुटेको हुन सक्ने उहाँको भनाई छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले पूर्ण खोप घोषणा गरेपनि समय–समयमा अनुगमन गरिने बताउनु भयो । ‘अहिले घोषणा गरेपनि पछि कुनै समस्या आउन सक्छन्, यस अभियानमा हामी सक्रिय रुपले लाग्नेछौं, यो घोषणा पूर्ण रुपले कार्यान्वयन होस्,’ उहाँले भन्नुभयो । उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, डब्लु.एच.ओ.का प्रतिनिधी डाक्टर पवन उपाध्याय, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली लगायतले बोल्नु भएको थियो । सो क्रममा पूर्ण खोप घोषणाका लागि महत्वपुर्ण योगदान पुर्याए वापत विभिन्न निकाय तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, जिल्ला प्रहरी प्रमुख(एसपी) ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी प्रमुख, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  २२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP