नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आयोडिन महिना फेब्रुअरीमा आयोडिनयुक्त प्याकेट नुनको चर्चा
आयोडिन महिना फेब्रुअरीमा आयोडिनयुक्त प्याकेट नुनको चर्चा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०७७ बागेश्वरी पोस्ट
आयोडिन महिना फेब्रुअरीमा आयोडिनयुक्त प्याकेट नुनको चर्चा

नेपालगञ्ज । फेब्रुअरी महिनालाई आइडिन महिनाका रुपमा मनाइन्छ । मानव शरीरलाई आवश्यक पर्ने शुक्ष्म पोषक तत्व आयोडिन सेवन गर्न प्रेरित गर्ने उद्देश्यले फेब्रुअरी महिनामा आयोडिनको विशेष चर्चा हुन्छ । नुन मार्फत् नेपालीहरुका भान्सा भान्सामा आयोडिन पुर्याउने नेपाल सरकारको प्रयासलाई सार्थक बनाउन यो महिनामा अन्तरक्रिया बाक्लै मात्रामा गरिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले पनि आज पत्रकार र सरोकारवालासंग अन्तरक्रिया गरेको छ । त्यस क्रममा मानव शरीरका लागि आयोडिनको आवश्यकता र महत्वका विषयमा चर्चा गरियो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालगञ्ज कार्यालयका प्रमुख मनोज चौधरीले हरेकका भान्सामा दुई बालबालिका चिन्ह अंकित प्याकेटको आयोडिन नुन पुर्याउने प्रयासमा नेपाल सरकार रहेको बताउनुभयो । भारतबाट आउने खुला नुन खानयोग्य नहुने भन्दै उहाँले त्यसलाई विस्थापन गर्न अझै आयोडिनयुक्त ढिका नुन उत्पादन गरेर विक्रि वितरण गर्नुपरिरहेको बताउनुभयो । उहाँले तरकारीमा पहिले नै नुन राख्दा आयोडिन नष्ट हुने भएकाले अन्तिममा नुन राख्नुपर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले मानसिक फुर्ति र शारीरिक शक्तिका लागि आयोडिनयुक्त प्याकेट नुन खानुपर्ने बताउँदै उपमहानगरपालिकाले वडा वडामा जनचेतना जगाउन पर्र्चा पम्प्लेट मार्फत् प्रचारप्रसार गरिरहेको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका तेज ओलीले आयोडिनको महत्व र आवश्यकताबारे प्रस्तुतिकरण दिँदै अहिले पनि ११.९ प्रतिशतले ढिके नुन र ४.१ प्रतिशतले खुलारुपमा विक्रिका लागि राखिएको नुन प्रयोग गरिरहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले आयोडिनयुक्त नुन उपभोग गर्न उपभोक्ता जागरुक र सचेत हुनुपर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले फेबु्रअरी महिनालाई विशेष अभियानका रुपमा लिएर आयोडिनयुक्त नुनको प्रयोग शतप्रतिशत बनाउन उपमहानगरपालिका क्रियाशील रहेको बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ ले सघाउ पुर्‍याउने मन्त्री सारुको विश्वास
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP