prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले वलीसंग मागे माफी
पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले वलीसंग मागे माफी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २८, २०७७ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले वलीसंग मागे माफी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले स्वास्थ्यकर्मी तेज वलीसंग माफी माग्नुभएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीसँग उहाँलाई पर्न गएको चोटप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष थारुले माफी माग्नुभएको हो ।

आज साँझ एक स्टाटस लेख्दै थारुले कोभिड सूचना सम्बन्धि ग्रुप च्याटमा आफूले प्रयोग गरेको शब्द फिर्ता लिँदै क्षमायाचना गर्नुभएको हो । उहाँले यसलाई परिस्थितिजन्य घटनाकारुपमा लिँदै व्यक्तिगत लाञ्छनाका रुपमा नलिइदिन अनुरोध समेत गर्नुभएको छ । अध्यक्ष थारुले एउटा घटना विशेषका आधारमा धारणा नबनाउन अनुरोध गर्नुभएको छ ।

स्टाटसमा उहाँले कोभिड नियन्त्रणमा आफ्नो ज्यानको प्रवाह नगरी काममा खटिने बाँकेका सबै स्वास्थ्यकर्मीप्रति आफू अध्यक्ष रहेको संस्था र व्यक्तिगतरुपमा आफ्नो आदरभाव रहँदै आएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ-"काठमाण्डौमा खोप लगाइसक्दा समेत मोफसलमा खोप लगाउन नदिएकोमा खिन्नता महसुस गरायो । त्यसपश्चात उत्पन्न परिस्थितिमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष एवं संस्थागतरुपमा अभिभावकीय जिम्मेवारी महसुस गर्दै मैले कोभिड बिरुद्धको खोपका लागि पहल गरेँ, जुन मेरो दायित्व र जिम्मेवारी भित्र पथ्र्यो ।

सोही पहल एवं आग्रहलाई मानेर जिल्ला खोप अनुगमन तथा समन्वय समितिले बाँकेका पत्रकारलाई खोप लगाउने निर्णय गरेको थियो । फ्रन्टलाइनमा खटिएका पत्रकारलाई खोप लगाउने निर्णयपछि हामीले सहकर्मीहरुलाई अपिल गरे लगत्तै उक्त निर्णय स्थगित भएको खबरले दुःखी बनायो ।" उहाँले समग्र नागरिकसहित बाँकेका संचारकर्मीलाई खोप लगाउने निर्णय कार्यान्वयन हुनुपर्ने माग पनि गर्नुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट वलीलाई व्यक्तिगत गालीगलौज गरिएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले अध्यक्ष थारुमाथि कारवाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो ।


पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष एवं संस्थागतरुपमा अभिभावकिय जिम्मेवारी महसुस गर्दै मैले...

Posted by Thakur Shingh Tharu on Wednesday, February 10, 2021
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP