Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लोकतन्त्रको हुर्मत लिन खोज्ने प्रधानमन्त्री ओली पतनको बाटोमा-हृदयराम थानी
लोकतन्त्रको हुर्मत लिन खोज्ने प्रधानमन्त्री ओली पतनको बाटोमा-हृदयराम थानी
RSG-2
सौरभ गिरी
सोमबार, फागुन ३, २०७७ सौरभ गिरी
लोकतन्त्रको हुर्मत लिन खोज्ने प्रधानमन्त्री ओली पतनको बाटोमा-हृदयराम थानी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सडकमा आएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य थानीले कम्युनिष्टको घर झगडाका कारण प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको बताउनुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका थानीले संविधान र लोकतन्त्रको हुर्मत लिन खोज्ने प्रधानमन्त्री ओली पतनको बाटोमा अग्रसर भएको टिप्पणी गर्नुभयो । निरंकुुशता लाद्न खोजिए कांग्रेसका नेता कार्यकर्ता टाउकोमा कफ्फन बाँधेर लड्न तयार रहेको भन्दै उहाँले प्रधानमन्त्री ओलीले दोहोरो कुरा गरिरहेको बताउनुभयो । "एकातिर आफ्नै पार्टीका मान्छेले काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेको हुँ भन्ने अनि अर्कोतिर यो सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरेको छ भनेर गफ दिने ?" थानीले प्रश्न गर्नुभयो ।

वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै उहाँले अब कम्युनिष्टहरु जनताबाट नांगिने दाबी गर्नुभयो । पार्टी सभापति किरण कोइरालाको सभापतित्वमा भएको विरोधसभामा पूर्व पार्टी सभापति युवराज शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, सचिव कपिलदेव शर्माले बोल्नुभएको थियो ।

पार्टी कार्यालयबाट निस्केको जुुलुस विपी चोक हुँदै गणेशमान चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभाको सञ्चालन सहसचिव रामकुमार राढले गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गरेको छ ।


प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP