prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य चौकी बन्यो मोटरसाइकल ग्यारेज
स्वास्थ्य चौकी बन्यो मोटरसाइकल ग्यारेज
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १७, २०७७ बागेश्वरी पोस्ट
स्वास्थ्य चौकी बन्यो मोटरसाइकल ग्यारेज

नेपालगन्ज। स्वास्थ्य चौकी अहिले ग्यारेजमा परिणत भएको छ ।

हुम्ला सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा पर्ने अदानचुली गाउँपालिकाले वडा अध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल अहिले बिरामी भएर श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएका छन् । स्वास्थ्य चौकीलाई मोटर साइकल ग्यारेज बनाउँदा स्वास्थ्य चौकी नै दुर्गन्धित भएको छ ।

अदानचुली गाउँपालिका वडा नं ३ श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा बिरामीको उपचारका लागि राखिएका बेड वरिपरि मोटरसाइकल राखिएका छन् । बिरामी निको हुन स्वास्थ्य संस्थामा जान्छन् तर ग्यारेजमा परिणत भएको श्रीनगर स्वास्थ्य चौकीमा स्वास्थ्य मान्छे गए पछि बिरामी हुने अवस्थामा रेहेको स्थानीय गोविन्द रोकायाले बताए । गाउँपालिकाको केन्द्रमा रहेको श्रीनगर स्वास्थ्य चौकीमा विगत ९९० महिना देखी पालिकाले दस वटा र केही ब्याक्तिगत मोटरसाइकल स्वास्थ्य चौकी भित्र भण्डार गरी राखिएकाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्थानीय सरकारका जिम्मेवार ब्यक्ती को लापरबाहीले स्वास्थ्य क्षेत्र नै प्रभावित भएको स्थानीय धनराज धामीले बताए ।

यी दश वटा मोटरसाइकल किनेको रकमले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सुविधा सम्पन्न बनाउन सकिन्थ्यो । यसो नगरी वडा अध्यक्षहरूका लागि भनेर पालिकाले बाइक किन्यो बाइक किनेर फजुल रकममा खर्चिनु भन्दा यसको साटो एम्बुलेन्स, स्वास्थ्य उपकरण, औषधिका साथै बिरामी उपचारका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री खरिद गरेको भए कति उदाहरणीय काम हुन्थ्यो धामीले भने। यसरी स्वास्थ्य संस्थामा सवारी साधन पार्किङ गर्नु नपर्ने हो यसले गर्दा स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामीलाई असहज हुनुका साथै स्वास्थ्य चौकी दुर्गन्धित हुदा समस्या भएको छ ।

 बाध्यताले स्वास्थ्य चौकी भित्र मोटरसाइकल राख्नु परेको श्रीनगर स्वास्थ्य चौकी इन्चार्ज रामेश्वर थापाले बताए । अबको केही महिनामा पालिकाले मोटरसाइकल राख्नका लागि अस्थायी कटेरो बनाउँदै छ घर बने पछि यो समस्या समाधान हुने उनले बताए । सङ्घीयताको कार्यान्वयन सँगै प्रत्येक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्वास्थ्य चौकी वा उप(स्वास्थ्य चौकी, इलाका भए पनि स्थापना गर्ने पर्ने राष्ट्रिय स्वास्थ्य नीति भएकाले जस अनुसार भौगोलिक र जनसङ्ख्याको अनुपातका आधारमा मापदण्ड बनाई बढीमा ३० मिनेटको दूरीमा कम्तीमा एक गाउँ एक स्वास्थ्य चौकी हुनु पर्थ्यो त्यो हुन सकेको छैन ।

प्रत्येक वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गर्नु पर्ने हो तर पालिकाले यो पनि गर्न सकेको छैन । ५ वटा वडा रहेको अदानचुली गाउँपालिकामा वडा नं ३ र ५ मा मात्र बर्थिङ सेन्टर ९प्रसूति सेवा० छन् । त्यही बर्थिङ सेन्टर ९प्रसूति सेवा० मा सुत्केरी हुन आएका आमाहरूले प्रोत्साहन बापत पाउने बाटो खर्च समेत पाएका छैनन् भने स्वास्थ्य क्षेत्रमा अरू के प्रगतिको आशा गर्ने आमा सुत्केरी भएर बच्चा ७, ८ महिनाको भई सक्दा पनि सुत्केरी हुन आएका आमाहरूले प्रोत्साहन बापत पाउने बाटो खर्च अहिले सम्म नपाएको आदानचुली गाउँपालिका स्तरीय नागरिक समाज श्रीनगरकी संयोजक एवं महिला अगुवा तारा भण्डारीले बताइन ।

पहिला संघीय सरकार उपेक्षित गरेकाले भने अनुसारको विकास हुन नसकेको भने पनि अहिले घरदैलोमै स्थानीय सरकार आधा पनि हामीले सोचे अनुसारको विकास नभएको भण्डारीले बताइन । उनले भनिन् स्थानीय जनता कोही पनि होइनन् सर्वेसर्वा हामी नै हुँ भन्ने स्थानीय सरकारका जनप्रतिनिधिको दम्भका कारण स्वास्थ्य चौकी ग्यारेज र पार्किङ स्थल बनेको हो ।


प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP