नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • छात्राहरूमा हत्या भएका दुई जनाको आत्मा चढेपछि….
छात्राहरूमा हत्या भएका दुई जनाको आत्मा चढेपछि….
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १४, २०७७ बागेश्वरी पोस्ट
छात्राहरूमा हत्या भएका दुई जनाको आत्मा चढेपछि….

नेपालगन्ज । १५ वर्ष अगाडी हत्या गरिएका आफ्ना गाउँका दुई जना मान्छेको आत्मा  आफूमा चढेको भन्दै विद्यालयमा पढ्ने छात्राहरूले दिनहुँ कक्षा कोठाहरूमा फरक व्यवहार देखाउन थालेपछि विद्यालयमा पढाई प्रभावित भएको छ।

मुगुको खत्याड गाउँपालिका ११ मा रहेको श्री महादेव मस्टा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरू १५ वर्ष अगाडी हत्या गरिएका दुई जनाको आत्मा चढेको भन्दै फागुन २२ गते देखि पढाई हुने दोस्रो घण्टीबाट रुद्धै कराउँदै काम्दै गर्न थालेपछि विद्यालयमा पढाई प्रभावित हुने गरेको हो।


पहिलो पटक फागुन २२ गते कक्षा ६ मा अध्ययनरत दुई जना छात्रालाई यो समस्या देखा परेको थियो, त्यसपछि लगातार कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई यो समस्या देखा परेको हो। कक्षा कोठामा पढाई सुरु भएको पहिलो घण्टिका केही नहुने दोस्रो घण्टीबाट छात्राहरू रुने कराउने अनि आफूहरूमा आत्मा चढेको भन्दै काँप्ने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक अनिरुद्ध लामिछानेले बताए।

यो समस्या देखिएका छात्रालाई केही दिन घरमै बस्न लगाएपछि भने घरमा यस्तो खालको समस्या देखिएको छैन तर पुनः छात्राहरू विद्यालयमा आउन बित्तिकै उही समस्या आउने गरेकाले उनीहरूको मात्र नभई अन्य विद्यार्थीहरूको समेत पढाइमा बाधा हुने गरेको निप्रअ लामिछानेले भन्छन्।

दिनहुँ छात्राहरूमा यो समस्या देखिन थालेपछि रातापानीमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विद्यालयका शिक्षकले लगेर चेक जाँच गराउँदा उमेरका हिसाबले ११ वर्ष देखि १८ वर्ष सम्मका किशोरीहरूको हर्मोनका कारण तरल मानसिकताका भएकाहरूलाई देखा पर्ने समस्या हो यसलाई मास हिस्टोरीयाको लक्षण हो भनेर डाक्टरले जानकारी गराएका छन्।

यस्तो समस्या देखा परेकालाई परामर्शको आवश्यकता हुन्छ भनेर सबै अभिभावक र गाउँलेलाई सल्लाह दिएको भए पनि डाक्टरको सल्लाह नमानी छात्राहरूका अभिभावकहरू र गाउँले हरूले दिनहुँ धामी झाक्री बोलाएर झारफुक गर्ने गरेकाले झनै यो समस्या बढ्दै गएको र डाक्टरले दिएको सल्लाह अनुसार काम अगाडी बढाउन वडा कार्यालयले पहल गरेको भएता पनी कसैले वास्ता नगर्दा विद्यार्थी हरूको पढाइमा बाधा देखिएको खत्याड गाउँपालिका ११ का वडा अध्यक्ष जङ्गबहादुर कार्कीले बताए।

घण्टी बज्दा हल्ला हुँदा कोही चिच्याउँदा छात्राहरूलाई रुने कराउने र काँप्ने समस्या देखिएको हो। यो ११ वर्ष देखि १८ वर्ष सम्मकालाई देखा पर्ने हो। बढ्दो उमेर सँगै हर्मोन कारण तरल मानसिकता भएका छात्राहरूलाई मात्र देखा पर्छ। यसको कनै औषधी हुँदैन यसको समाधान भनेको परामर्श नै हो।

यसलाई मास्क हिस्टोरिया भनिन्छ फागुन २२ गते श्री महादेव मस्टा माध्यमिक विद्यालयका छात्राहरूमा देखा परेको छ। तर अभिभावकहरू आफ्ना छात्राहरूलाई  केही वर्ष अगाडि हत्या गरिएका रातापानी गाउँका दुई जना मान्छेको आत्मा चढेको भनी धामी झाक्रीद्वारा झारफुक गर्नाले झनै समस्या देखिएको हो।

उनीहरूलाई एक दिनको मात्र परामर्शले पुग्दैन उनीहरूलाई दुई तिन दिन परामर्शको आवश्यक पर्छ। यसकालागि परामर्शदाता तथा विशेषज्ञलाई ल्याउन आवश्यक रहेको परामर्श नै आवश्यक परेको विद्यालय र छात्राका अभिवाकलाई सल्लाह दिएको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रामु सापकोटाले बताए।

स्वास्थ्यकर्मीहरूले विद्यालयमा अध्ययनरत ११ माथिका उमेर समूहका छात्राहरूलाई देखिएको यो समस्यालाई मास्कहिस्टेरिया भने पनि स्थानीयहरूले पत्यार मानेर छैनन् उनीहरू एक दुई जनामा हो भने विश्वास लाग्ने कुरा हो विद्यालय भरीमा रहेका छात्राहरूमा देखिनु फेरी घर गए नदेखिनुले आत्म, भूत, प्रेत वा अन्य शक्तिको कारण हुनसक्ने भन्दै धामी झार्कीलाई धमेलो बसाल्ने गरेका छन्।विद्यालय जिल्ला सदरमुकाम गमगढीबाट २ दिन पैदल यात्राको दुरीमा जिल्लाको पश्चिममा रहेको छ।हम्राकुराबाट। 


प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP