prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह
कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २४, २०७८ बागेश्वरी पोस्ट
कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

नेपालगन्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड-१९ विरुद्वको खोप छिटो उपलब्ध गराइदिन राष्ट्र संघलाई ताकेता गरेका छन् ।नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग शुक्रबार भएको टेलिफोन संवादमा पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप छिटो ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तरर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेका छौ,’ उपप्रधानमन्त्री पोखरेलले न्यान्तीलाई आग्रह गरे ।नेपालले भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा सहयोगको अपेक्षा समेत गरेको पोखरेलले बताएको उनको सचिवालयले जनाएको छ ।

नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । उनले भने, ‘ ‘कोरोनाविरुद्वको खोप विश्वकै नागरिकहरुको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौ, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन् ।’

जवाफमा संयुक्त राष्ट्र संघकी नेपालस्थित संयोजक साराले आफ्नोतर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेकी थिइन् । उनले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरेको जनाइएको छ ।कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ । सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ ।

यसैगरी, भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत नेपाली सेनालाई १ लाख डोज र चीनबाट ८ लाख डोज खोप नेपालले प्राप्त गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP