Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्यमा संवाद:प्रभावकारी नीति र वजेटमा जोड
स्वास्थ्यमा संवाद:प्रभावकारी नीति र वजेटमा जोड
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ६, २०७८ बागेश्वरी पोस्ट
स्वास्थ्यमा संवाद:प्रभावकारी नीति र वजेटमा जोड

नेपालगन्ज । स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रभावकारी नीति, कार्यक्रम तथा पर्याप्त वजेटको आवश्यकतामा जोड दिइएको छ ।

सम्वाद समूह, सचिवालय तुल्सीपुर दाङको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्यमा आज आइतबार सरोकारवालाबीचको भर्चुअल संवादमा सो कुरामा जोड दिइएको हो । 

स्वास्थ्य क्षेत्रमा बजेटको प्राथमिकीकरण, प्रदेश सरकार र स्थानीय सरकार वीचको समन्वय र बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रदेश स्तरीय भर्चुअल संवाद गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते प्रस्तुत गरेको वजेटमा कोभिड–१९ को रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउने र स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच बढाउने उल्लेख गरिएको छ । यसैगरी स्थानीय सरकारले पनि वजेट सार्वजनिक गर्न लागिरहेको स्थितिमा स्वास्थ्य सरोकारवाला र जनप्रतिनिधि बीच संवाद गरिएको हो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र वजेट छुट्टयाइएको बताउँदै सोही अनुसार कार्यान्वयनका लागि सम्वद्ध निकाय प्रतिवद्ध रहनुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले  उपलव्ध वजेट र सिमित स्रोत साधानको अधिकतम् उपभोग गर्ने वातावरण सिर्जना गर्दै स्वास्थ्य संरचना निर्माण र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आह्वान गर्नुभयो ।नेपाल नगरपालिका महासंघका कोषाध्यक्ष एवं तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले स्थानीय तहले स्वास्थ्य पूर्वाधार निर्माण र सचेतनामा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल नगरपालिका महासंघका लुम्वनी अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे पनि सरकार र सम्वद्ध सरोकार वीचको समन्वय आवश्यक भएको बताउनुभयो । 

नेपाल गाउँपालिका महासंघ लुम्वनी अध्यक्ष एवं छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले स्थानीय तहले स्वास्थ्य सेवा र सुरक्षालाई प्राथमिकताका साथ वजेट छुट्टयाउन र कार्यान्वयन गर्न कन्जुस्याईँ गर्न नहुने तर्क राख्नुभयो । कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक भुमेश्वर ढकाल, नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरुद्धिन खाँन, नेकपा माओवादीका प्रमुख सचेतक तुलबहादुर घर्ती, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, डब्लु.एच.ओ.का प्रतिनिधि हरि भुसाल लगायतले आवश्यक सुझाव राख्नुभएको थियो ।  

सम्वाद समूह, सचिवालय तुल्सीपुरका वरिष्ठ सहजकर्ता सुशिल वस्नेत, विक्रम खड्काद्वारा सहजीकरण गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, सञ्चारकर्मी, सम्वादकर्ता लगायतका सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP