नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सन्तानेश्वर मन्दिर दर्शनका लागि एकै दिन ७ हजार मानिस पुगे
सन्तानेश्वर मन्दिर दर्शनका लागि एकै दिन ७ हजार मानिस पुगे
हिन्दु मन्दिरमा मुस्लिम अध्यक्षको पूजा अर्चना
सौरभ गिरी
शनिबार, साउन २, २०७८ सौरभ गिरी
सन्तानेश्वर मन्दिर दर्शनका लागि एकै दिन ७ हजार मानिस पुगे

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि करिब ७ हजार मानिस पुगेका छन् । अप्ठेरो बाटोलाई छिचोल्दै ठूलो संख्यामा मानिसहरु शनिवार मन्दिर दर्शनका लागि पुगेका हुन् । सिमसिमे पानीको प्रवाह नगरी हजारौंको संख्यामा मानिसहरु त्यहाँ पुगेका थिए । पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न जाने चाँजोपाँजो पहिलोपटक नरैनापुर गाउँपालिकाले मिलाएको हो । प्रचुर पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागि त्यहाँ पुग्ने कार्यक्रम मिलाइएको हो ।

अढाई घण्टाको पहाडी बाटो छिचोल्दै मानिसहरु मन्दिर दर्शनका लागि पुगेका थिए । नरैनापुर गाउँपालिकाको प्रवेशद्वार कोहलामा आन्तरिक पर्यटकलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेपछि ठूलो टोली बाजागाजासहित त्यसतर्फ प्रस्थान गरेको हो । नरैनापुरले आफ्नो प्रमुख पर्यटकीय गन्तब्यको सूचीमा राखेर यस क्षेत्रको प्रचारप्रसारका लागि थालेको अभियान अन्तर्गत् शनिवार सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्ने कार्यक्रम तय गरिएको हो ।

"नरैनापुरका लागि आज (शनिवार) निकै खुसीको दिन हो, म निकै खुसी छु, यति ठूलो संख्यामा तपाईंहरु आउनुभयो, सबैलाई धन्यवाद दिन्छु," खुसी मुद्रामा अध्यक्ष शाहले मन्दिर परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भन्नुभयो, "म यो क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनका लागि लागिपर्छु, निकै राम्रो पर्यटकीय सम्भावना बोकेको यो मन्दिरमा जाने बाटो बनाउन पनि म लाग्छु, होमस्टेको अबधारणा पनि हामी ल्याउँदैछौं," अध्यक्ष शाहले अगाडि भन्नुभयो । "नरैनापुरलाई चिनाउने ठाउँहरुको प्रचारप्रचारका लागि हामी रत्तिभर पनि कञ्जुस्याइँ गर्दैनौं, त्यसैको अभियान स्वरुप आजको कार्यक्रम हो, म सबैलाई सन्तानेश्वर महादेव मन्दिरको दर्शनका लागि आह्वान गर्छुु," गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो । अध्यक्ष शाहले त्यहाँ पुगेर मन्दिरमा पूजा समेत गर्नुभएको थियो ।

सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । "हामीले अभियानकै रुपमा भिजिट नरैनापुर २०२१ सञ्चालन गर्दैैछौं, शनिवार नरैनापुरको प्रवेशद्वार वडा नम्बर ६ कोहलामा आन्तरिक पर्यटकहरुको स्वागत गरेर त्यहाँबाट रमणीय स्थल सन्तानेश्वर महादेव मन्दिर पुगेका छौं, नरैनापुरलाई चिनाउने यस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकहरुको सहज आवागमनका लागि गाउँपालिकाले काम गर्नेछ," प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो । त्यस्तै,सन्तानेश्वर महादेव मन्दिर दर्शनका राप्तीसोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले पनि नरैनापुर धार्मिक एबम पर्यटकीय क्षेत्र  बन्दै गएकोले सबैलाई यस स्थानको दर्शन गर्न अनुरोध गर्नुभयो। अध्यक्ष थारुले आफ्नो छिमेकी गाउँपालिका भाएकाले आफुले पनि प्रबर्द्धनका लागि अगाडी बढ्ने बताउनुभयो। पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्न पुगेका मानिसहरु निकै उत्साहित देखिएका थिए ।त्यस अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उचित सुरक्षा ब्यबस्था मिलाएको थियो।त्यस्तै,सन्तानेश्वर महादेव मन्दिर दर्शनका गएका भक्तजनहरुका लागि राप्तीसोनारी ७ का प्रदिप पौडेल  र  सोही गाउँपालिका ५ बिनौनाका समाजसेबि प्रेम डाँगी नेतृत्वको टोलीले पँन्चेबाजा बजाएर आनन्द दिलाएका थिए।

अप्ठेरो बाटोका बाबजुद शनिवार पहिलोपटक त्यहाँ गाडी पुगेको छ । लु १ च ६३९० जीप पहिलोपटक सन्तानेस्वर महादेव मन्दिर स्थलमा पुगेको हो । गाउँपालिकाले यो लगायत अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचारप्रचारका लागि बजेट पनि विनियोजन गरेको छ । पछिल्लो समय स्वतःस्फुर्त ढंगले नेपालगञ्जबाट मानिसहरु रमणीय पर्यटकीय स्थल सन्तानेश्वर महादेवको दर्शनका लागि जान थालेका छन् । "मानिसहरुको फ्लो बढेको छ, यो खुसीको कुरा हो, अब हामी झन सशक्त ढंगले यसको प्रचारप्रसारका लागि लाग्छौं," प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो ।

यो मन्दिर नेपालगञ्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीयहरु बताउँछन् ।

फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शनिबार, साउन २, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP