prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोरोनाको तेस्रो लहर रोकथाम र प्रभावकारी उपचारका लागि सहकार्यको प्रतिबद्धता
कोरोनाको तेस्रो लहर रोकथाम र प्रभावकारी उपचारका लागि सहकार्यको प्रतिबद्धता
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ३२, २०७८ बागेश्वरी पोस्ट
कोरोनाको तेस्रो लहर रोकथाम र प्रभावकारी उपचारका लागि सहकार्यको प्रतिबद्धता

नेपालगञ्ज । बाँकेमा कोभिड-१९ को सम्भावित तेस्रो लहरको रोकथाम र प्रभावकारी उपचारको पूर्व तयारीका लागि स्वास्थ्य सरोकारवालाले सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् ।

nepalgunj 081-082

संवाद समूह बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कोभिड १९ को सम्भावित जोखिम, तयारी र प्रभावकारी उपचार सेवाबारे स्वास्थ्य सरोकारवालासँग गरिएको अन्तरक्रियात्मक सम्वाद सहजीकरणमा सो प्रतिवद्धता व्यक्त गरेका हुन् । चिकित्सक, अस्पताल पदाधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, जनप्रतिनिधि र  नागरिक समाजका अगुवा सहभागी कार्यक्रममा कोरोना संक्रमण साझा सरोकारको विषय भएकाले सामूहिक सहकार्यका साथ पूर्व तयारी थालिसकिएको जानकारी गराइएको थियो । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्वारा यसअघि गठित विशेषज्ञसहितको समितिले सम्भावित जोखिम र गरिनुपर्ने तयारीबारे सुझाव सहितको प्रतिवेदन बाँकेका प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक शिवराम गेलाललाई बुझाएको थियो । कार्यक्रममा सहभागी अधिकांश विज्ञहरुले  स्वास्थ्य सचेतना, दक्ष जनशक्ति, पूर्वाधार, उपकरणसहितको व्यवस्थापन तथा प्रभावकारी उपचारलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले विगतबाट पाठ सिक्दै कोरोना जोखिमको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । स्वास्थ्य संस्था, स्थानीय तह  लगायतसँगको समन्वय र सहकार्यमा आवश्यक रणनीतिसहित कार्य गरिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थामा मगरले नियमित सम्वाद र समन्वयले नै सामूहिक पहलको वातावरण सिर्जना हुने भन्दै त्यसका लागि जिम्मेवार हुन आह्वान गर्नुभयो । 

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले सम्भावित जोखिमको सामना गर्न जनशक्ति, श्रोत साधन सहितको तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. सुरेश कनोडियाले महामारीमा निजी स्वास्थ्य संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताउनुभयो । नेपाल चिकित्सक संघ भेरी अध्यक्ष डा. विनोद कर्णले स्वास्थ्य सचेतनामा जोड दिँदै स्वास्थ्यकर्मीलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  

नेपालगञ्ज मेडिकल कलेजकी बाल रोग विशेषज्ञ डा. रोमा बोराले कोरोनाको तेस्रो लहर कुन स्वरुपमा आउँछ भन्ने एकिन नभएको भन्दै गर्भवती महिलालाई पनि खोपको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले संक्रमितको संख्या घट्दै गइरहेपनि तयारी पूर्णरुपमा हुन आवश्यक भएके बताउनुभयो । 

सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख रामसुरेश यादव, भेरी अस्पताल विकास समितका सदस्य एवं नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्याग वाणिज्य संघका महासचिव चिरञ्जीवी वली, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा राम बहादुर चन्द, बाल मनोविद् सुदिप भट्टराई लगायतले आ-आफनो सुझाव राख्नुभयो । कार्यक्रमको उद्देश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नुभएको थियो । 


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP