नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य क्षेत्रमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट
स्वास्थ्य क्षेत्रमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट
बागेश्वरी पोस्ट
शनिबार, असोज १६, २०७८ बागेश्वरी पोस्ट
स्वास्थ्य क्षेत्रमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्तरगतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको पाइएको छ । 

डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबैभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उनका अनुसार मूल्यांकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्तरगत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो । प्रमुख शाहले बाँके जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवा लिन सहज भएको बताए । 

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको दुई दिने जनस्वास्थ्य क्रियाकलापबारे जिल्लास्तरीय वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढालाई उत्कृष्टताको कदर पत्र प्रदान गरे । त्यस अवसरमा डुडुवा स्वास्थ्य शाखा प्रमुख बुढाले पालिकामा संचालन गरिएका स्वास्थ्य सेवा तथा कार्यहरुका बारेमा जानकारी गराएका थिए ।  

डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ । अहिले पालिकाका तीन वटा स्थानमा नि:शुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभूत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा दुई वटा थप स्वास्थ्य एकाईको स्थापना, नेपाल सरकारले उपलब्ध गराउने औषधि बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि नि:शुल्क औषधिको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको डुडुवाले जनाएको छ । 

यसैगरी बाँके जानकी गाउँपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो स्थानमा मूल्याकंनका आधारमा छनौट भएका छन् । ती दुई पालिकाललाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । जिल्लाका आठ वटै पालिकाहरुलाई नेपालगन्जमा बोलाएर आर्थिक वर्ष ०७७–०७८ मा गरेका कार्यहरुको प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । 


कोरोना महामारीका बीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयरोग निवारण, कुष्ठरोग लगायतका स्वास्थ्य सेवामा राम्रो सुधार भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले हरेक वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यसम्पादन गर्ने पालिकाको सूचकको आधारमा मुल्याकंन गर्दै आएको छ ।


प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP