नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'ख्याल गरौं-कम उमेरका मानिसहरुमा बढ्दैछ मृगौलाको समस्या'
'ख्याल गरौं-कम उमेरका मानिसहरुमा बढ्दैछ मृगौलाको समस्या'
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १३, २०७८ बागेश्वरी पोस्ट
'ख्याल गरौं-कम उमेरका मानिसहरुमा बढ्दैछ मृगौलाको समस्या'

नेपालगञ्ज । के तपाईंलाई आफ्नो मृगौला स्वस्थ छ कि अस्वस्थ छ भन्ने जिज्ञासा छ ? यदि यस्तो प्रश्न तपाईंको मनमा छ भने तपाईंले सामान्यतया पिसाबको जाँच गराउनुभयो भने पनि आफ्नो मृगौलाको अवस्थाका बारेमा थाहा पाउन सक्नुहुन्छ । हामी कहाँ समस्या भएपछि मात्र अस्पताल पुग्ने बानी भएका कारण जटिलता थपिएको चिकित्सकहरु बताउँछन् ।

मार्क इन्टरनेशनल किड्नी सेन्टरमा कार्यरत डा.अर्चन शमशेर राणाले पिसाब, ब्लड प्रेसर र सुगरको जाँच गरे मात्रै पनि ९० देखि ९५ प्रतिशत किड्नीको अवस्थाका बारेमा थाहा हुने बताउँछन् । "एउटा सुगरको जाँच, एउटा पिसाबको जाँच, भिडियो एक्सरे र रगतमा क्रेटिनहरु हेरियो भने लगभग ९० देखि ९५ प्रतिशत थाहा हुन्छ," उनले भने । नेपालगञ्जस्थित यशोदा फार्मेसीमाा हरेक महिनाको दोस्रो शुक्रबार र शनिवार विरामी जाँचका लागि आउने गरेका डा.राणाले नेपालमा पछिल्लो समय कम उमेरका मानिसहरुमा मृगौलाको समस्या बढ्दै गएको बताए ।

डा.राणाले ३० बर्ष भन्दा कम उमेरका मानिसमा पिसावबाट धेरै प्रोटिन जाने समस्याले मृगौलामा असर गर्ने गरेको बताए । ५०-६० भन्दा माथिको उमेर समूहमा भने प्रेसर र सुगरले समस्या निम्त्याउने गरेको उनको भनाई छ । उनले भने- "मुख हेरेर किड्नी रोग लागेको छ कि छैन भनेर थाहा हुँदैन, मान्छेलाई म स्वस्थ छु भन्ने लागिरहेको हुन्छ, तर, त्यस्तो हुँदैन ।" उनी थप्छन्- "रोग लागिसकेपछि मात्र डाक्टरलाई देखाउने बानी भयो हाम्रो, रोग लाग्न नदिन पनि डाक्टरलाई देखाउने बानीको विकास गरौं ।" पत्रकारहरुसंग अन्तरक्रिया गर्दै उनले सामान्यतया मृगौला खराब हुन लागेको लक्षण नदेखिई एकैपटक अन्तिम अवस्थामा लक्षण देखिने भएकाले नियमित मृगौला जाँच गराउन सुझाब दिए । कम्तीमा बर्षमा एक पटक मृगौला जाँच गराउनुपर्ने डा.राणाको भनाई छ ।

"रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन कोशिस गर्नु उपयुक्त हुन्छ, हामीले बच्चादेखि नै सुन्दै आएको यो कुरालाई व्यवहारमा उतार्ने बेला भइसक्यो," उनी भन्छन् । ब्लड प्रेसर, सुगर र पिसावबाट प्रोटिन जाने रोग मृगौलामा समस्या आउने मुख्य तीन कारण रहेको डा.राणानको भनाई छ । उनले आफू शहरदेखि गाउँसम्म मृगौला सम्बन्धि सचेतना अभियान फैलाउने क्रममा रहेको बताए । अन्य देशको तुलनामा नेपालमाा कम उमेरका मानिसहरुमा यो समस्या बढेकाले सबैले सचेतना फैलाउन जरुरी रहेको उनी बताउँछन् । डा.राणाले आफू 'स्वस्थ मृगौला स्वस्थ जीवन' को अभियानमा रहेका बताए ।

यशोदा फार्मेसीले यो शुक्रबार र शनिवार २६ सयमा हुने जाँचलाई छुट दिएर ८ सय रुपैयाँमा मात्र गरेको सञ्चालक रोशन केसीले जानकारी दिए । त्यस क्रममा झण्डै डेढ दर्जन पत्रकारहरुको निःशुल्क पिसाब र रगत जाँच गरिएको उनले बताए ।

 


प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP