नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • हाजिर हुन नगएर मन्त्रालयमा चलखेल ! शक्तिको दुरुपयोग गरेको आरोप
हाजिर हुन नगएर मन्त्रालयमा चलखेल ! शक्तिको दुरुपयोग गरेको आरोप
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १६, २०७८ बागेश्वरी पोस्ट
हाजिर हुन नगएर मन्त्रालयमा चलखेल ! शक्तिको दुरुपयोग गरेको आरोप
औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक भरत भट्टराई

काठमाडौँ । औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक भरत भट्टराईले सरुवा भएको ठाउँमा नपुगी मन्त्रालयमा नै चलखेल गरिरहेको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका भट्टराईको राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा भएको थियो ।

तर उनी सरुवा भएको स्थानमा नगई पुरानै ठाउँमा रहन चलखेल गर्दै आएको पाइएको छ । भट्टराईको त्यहाँ सरुवा भएको तीन महिना बढी भइसकेको छ । मन्त्रालय स्रोतले भन्यो, “उहाँको सरुवा भएको महिनौँ भइसक्यो । तर उहाँ यही मन्त्रीको वरिपरीमात्रै रहेको देखिनुहुन्छ । उहाँ काममा गएको पाइँदैन ।”

भट्टराईले मन्त्रालयबाटै ८८ दिनको बिदा स्वीकृत गराएका छन् । ताकि कार्यालय प्रमुखले बिदा लिँदा पूर्व स्वीकृत गराउनुपर्ने भएपनि त्यो पनि नपाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ऐनअनुसार ६० दिन जानकारी नगराई कार्यालयमा अनुपस्थित रहेमा बर्खास्त हुने व्यवस्था छ ।

तर उनी सरुवा भएको स्थानमा तीन महिना बितिसक्दा पनि पुगेका छैनन् । मन्त्रालयकै एक अधिकारीले भने, “उहाँ पहिले नेकपा एमाले निकट हुनुहुन्थ्यो, अहिले फेरि उहाँ समाजवादीमा जाने तयारीमा हुनुहुँदो रहेछ । पार्टीको लाइन मिलाएर उहाँ चलखेल गर्ने अभियानमा देखिनुहुन्छ ।”

ती अधिकारीका अनुसार तत्कालीन मन्त्री ढकालले कानुनविपरीत करिब पाँच वर्षभन्दा बढी सिनियर रहेका व्यक्तिलाई हटाएर भट्टराईलाई राखेका थिए । तर स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहेका बेला शेरबहादुर देउवाले त्यसलाई खारेज गरेपछि भट्टराई अहिले फेरि चलखेलमा लागेको बुझिएको छ ।

“उहाँ सरुवा भएको ठाउँमा एकपल्ट पनि पुग्नुभएको छैन,” मन्त्री निकट एक अधिकारीले भने, “उहाँ मन्त्रालयमै धाइरहनुभएको छ । पार्टीको साधारण सदस्यता लिएर फेरि चलखेल गर्ने अभियानमा रहेको हामीले पाएका छौँ ।”

आफु महानिर्देशक हुदाँ पटके सिफारिस र बीरगंजस्थित एक मारवाड़ी समुदायका ब्यापरीको गुणस्तरहिन भारतीय औषधि कम्पनीलाई चोरबाटोबाट आयात बाटो खोलेर ठुलो धनराशी कुम्लायका भट्टराईले सोहि रकम मध्येबाट २ करोड दिन तयार छु मलाई पुन: औषधि ब्यबस्था विभागमा पदस्थापन गरिनिनु प¥यो भनेर शक्ति केन्द्रका ढोका चाहर्न जानलाई बिदा स्वीकृत गराएको श्रोतले जानकारी गराएको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP