prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • दाङको तुलसीपुरमा एकैदिन २६ शिक्षक तथा विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि
दाङको तुलसीपुरमा एकैदिन २६ शिक्षक तथा विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २२, २०७८ बागेश्वरी पोस्ट
दाङको तुलसीपुरमा एकैदिन २६ शिक्षक तथा विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि

दाङ । दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् । आज मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति विमल केसीका अनुसार आज २५ महिला र २० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ मा कोरोना पुष्टि भएको हो ।

योसँगै तुलसीपुरमा पछिल्लो चार दिनयता ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरूलाई ओमिक्रोन सङ्क्रमण भएको हो वा होइन भनी परीक्षणका लागि टेकुमा स्वाब सङ्कलन गरी पठाइएको छ । कोरोना देखिएपछि गुरुजजुर मावि पुस २७ गतेसम्म बन्द गरिएको छ ।

आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा सङ्क्रमण पुष्टि भएसँगै पाँच वटा विद्यालयमा कोरोनाको सङ्क्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो ।

केसीका अनुसार अस्वारामा तीन सुस्तश्रवण विद्यार्थी, छ अन्य विद्यार्थी तथा पाँच शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ ।

पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको केसीले बताए । 'विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ,' उनले भने, 'यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।' रासस


प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP