prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नाकामा होल्डिङ सेन्टर अधुरै,संक्रमितलाई पठाइन्छ घर
नाकामा होल्डिङ सेन्टर अधुरै,संक्रमितलाई पठाइन्छ घर
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, पुस २७, २०७८ बागेश्वरी पोस्ट
नाकामा होल्डिङ सेन्टर अधुरै,संक्रमितलाई पठाइन्छ घर

नेपालगन्ज । भारतमा कोरोना संक्रमण बढ्न थालेपछि  नाका हुँदै घर फर्कनेको संख्या पनि बढ्दो छ ।

nepalgunj 081-082

पुस १ गते यता भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । तर नाकामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई पनि होम आइसोलेसनमा बस्ने शर्तमा घर पठाउने गरिएको छ । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले भने, ‘एन्टिजेन पोजेटिभ देखिएकाहरुलाई आफन्तसँग सम्पर्क गरेर होम आइसोलेसनका लागि पठाउछौं, होल्डिङ सेन्टर तयार भएको छैन ।’

होल्डिङ सेन्टर अधुरै भएका कारण पोजेटिभ देखिएकाहरुलाई घर पठाउने गरिएको हो । रानी नाका छेउँ विराटनगर महानगरपालिका– १६ मा हनुमान कन्स्ट्रक्सनले एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । नेपाली सेनामार्फत ठेक्का लिएको हनुमान कन्स्ट्रक्सनले २२ वटा भवन निर्माण पूरा गर्न अझै दुई महिना लाग्ने बताएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले आइतबार होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो । होल्डिङ सेन्टर चाँडै सक्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।  होल्डिङ सेन्टरमा हाल एक सयजना भन्दा बढी अटाउन सक्दैनन् ।

विराटनगर महानगरपालिका हेल्थ डेस्कका इञ्चार्ज सुरेन्द्र यादवका अनुसार दैनिक एक सय भन्दा बढीको कोरोना जाँच हुन्छ ।भारतबाट आउनेको संख्या बढ्दै गएपनि सबैको एन्टिजेन परीक्षण गर्न नसकिएको उनले बताए । सोमबार विराटनगर नाकाबाट नेपाल प्रवेश गरेका ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहाल भारतबाट आउनेहरुलाई स्वास्थ्य जाँचपछि मात्र घर पठाइने गरेको बताउँछन् । माघ १ देखि भने भारतबाट आउन खोप कार्ड अनिवार्य गरिएको उनको भनाई छ । ‘किनमेलका लागि जोगवनी जाने चलन छ, जोगवनी जाने कार्यलाई निरुत्साहित गर्न अनिवार्य खोपकार्ड देखाउनुपर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘रोजगारीबाट फर्किएकाहरुले स्वास्थ्य जाँचपछि मात्रै गन्तव्यमा पठाउनेछन् ।’

सम्भावित जोखिम नियन्त्रणका लागि पहिलो र दोस्रो लहरका बेला सञ्चालन गरेका आइसोलेसन कक्षलाई पनि तयारी अवस्थामा राखिने उनले बताए । माघ १ गतेदेखि मास्क नलगाए एक सय रुपैयाँ जरिवाना गरिने बताए ।

झापाको मेचीनगर नगरपालिका–१४ मा पनि होल्डिङ सेन्टर निर्माणको चरणमा छ । काँकडभिट्टा नाकाबाट भित्रिएकाहरुलाई राख्नका लागि सेनाले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम पनि पूरा भएको छैन ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली झापामा होल्डिङ सेन्टर चाँडै तयार हुने बताउँछन् । नेपाली सेनाले ठेकेदारमार्फत निर्माण गरिरहेको भवनको करिब ८० प्रतिशत काम सकिएको बताउँदै उनले ठेकेदारलाई पुसभित्र काम सक्न निर्देशन दिइएको बताए ।

प्रदेश १ मा कोरोना महामारीको पहिलो र दोस्रो लहरमा तयार गरिएका आइसोलेसनहरु पनि बन्द छन् । मोरङमा भने आइसोलेसन कक्ष तयार राख्नका लागि पालिकाहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

कोशीमा बेड थपियो

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा ३०७ जना सक्रिय संक्रमित छन् । पछिल्लो केही दिनयता संक्रमणदर निरन्तर बढेको छ । सोमबार प्रदेशभर ५३० जनाको पीसीआर परीक्षण गर्दा ८५ जनाको पोजेटिभ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनाको पोजेटिभ आएको छ । सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार ४९ जनाको पीसीआर पोजेटिभ देखिँदा ७ जनाको एन्टिजेन पोजेटिभ देखिएको थियो । शनिबार ३१ जनाको पीसीआर र १२ जनाको एन्टिजेन पोजेटिभ देखिएको थियो ।

संक्रमणदर बढ्दै गएपछि विराटनगरको कोशी कोभिड अस्पतालले थप ७६ बेड तयारी अवस्थामा राखेको अस्पतालका प्रमुख बैजनाथ साहले बताए । हाल ९६ बेडको अस्पताल चालु अवस्थामा छ ।

आवश्यक पर्दा नेशनल ट्रेडिङको भवनमा पनि ८० बेड राख्न सकिने उनको भनाई  छ । हाल रहेको ९६ र ७६ बेड पनि नेशनल ट्रेडिङको दुई वटा गोदाम मर्मत गरेर निर्माण गरिएका हुन् । अस्पतालमा हाल पाँच जना संक्रमितको उपचार भइरहेको साहले बताए ।

‘संक्रमितको उपचारका लागि पूर्व तयारी छ,’ उनले भने ,‘हिजो ९६ बेडको अस्पताल मात्रै थियो, अहिले ७६ बेड थपिएको छ ।’ अनलाइनखबरबाट

 

 


प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०७:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP