prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोरोनाको तेस्रो लहरका लागि लुम्बिनी प्रदेशमा कस्तो छ तयारी?
कोरोनाको तेस्रो लहरका लागि लुम्बिनी प्रदेशमा कस्तो छ तयारी?
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २९, २०७८ बागेश्वरी पोस्ट
कोरोनाको तेस्रो लहरका लागि लुम्बिनी प्रदेशमा कस्तो छ तयारी?

नेपालगन्ज । अहिले कोरोनाको तेस्रो लहरको आंकलन गरिएको छ । यसअघिको  कोरोना संक्रमणको दोस्रो लहरमा लुम्बिनी प्रादेशिक अस्पतालमा बेड र अक्सिजन अभावमा संक्रमित बिरामीले ज्यान नै गुमाउनु परेको थियो ।

अहिले कोरोनाको तेस्रो लहरको आंकलन गरिएको छ, तर यसपटक कोरोना संक्रमितलाई बेड र अक्सिजन अभाव नहुने गरी तयारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालको दाबी छ । यसअघि पहिलो र दोस्रो लहरसम्म बुटवल धागो कारखानालाई ‘कोरोना विशेष अस्थायी अस्पताल’ बनाएर संक्रमितको उपचार भएको थियो । तर अहिले अस्पताल परिसरको छुट्टै भवनमा कोरोना संक्रमितको उपचारका लागि ६० बेड तयारी अवस्थामा राखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार जनरल ७, एचडीयू ३३, आईसीयू २० र भेन्टिलेटर ७ गरी ६० बेड तयारी अवस्थामा छन् ।

यस्तै इमर्जेन्सीमा आवश्यकता अनुसार २० बेड र माथिल्लो तलाको हलमा ३५ जना संक्रमितलाई राख्न सकिने गरी पूर्वाधार तयार छन् । कोरोना संक्रमितको शल्यक्रियाका लागि २ वटा पोस्ट अपरेटिभ बेड र डाइलासिस सुविधा समेत रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले बताए । 

अस्पतालमा रहेका २ वटा प्लान्टबाट दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरी परीक्षण भइसकेको र विद्युत जडानपछि एक हप्ताभित्र आवश्यकता अनुसार उत्पादन गर्न सकिने ढकालले बताए । ‘यसअघि बेड र अक्सिजनको चरम अभाव हुँदा कतिपय बिरामीको ज्यान समेत गएको थियो, स्वास्थ्यकर्मीलाई पनि सकस भएको थियो’ ढकालले भने, ‘अहिले बेड र अक्सिजन दुवैको अभाव हुन नदिने गरी तयारी हालतमा छौं।’

प्रदेशको ५० प्रतिशत जनसंख्याले दुई डोज खोप लगाइसकेका र नयाँ भेरियन्टको जोखिम कम देखिएकाले संक्रमण बढे पनि अस्पताल भर्ना हुने दर कम रहेको अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाले बताए ।

संक्रमण दर बढे पनि बुधबारसम्म अस्पतालमा ९ जना मात्र कोरोना संक्रमितका बिरामी भर्ना भएर उपचार गरिरहेको रानाले बताए । अस्पतालमा गएको बिहीबार यता सरदर दैनिक सय जनाको पीसीआर परीक्षण हुँदा ३५ प्रतिशत हाराहारीमा संक्रमण देखिने गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।

संक्रमण दर बढेकाले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोगसहित स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न छाड्न नहुने डा. पाठकको सुझाव छ ।अनलाइनखबर

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP