नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई १४ लाख बढीका सामग्री हस्तान्तरण
नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई १४ लाख बढीका सामग्री हस्तान्तरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १०, २०७६ बागेश्वरी पोस्ट
नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई १४ लाख बढीका सामग्री हस्तान्तरण

नरैनापुर(बाँके), पौष १० । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २ मा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनका लागि बाँके युनेस्को क्लबले कतार च्यारिटीको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बाँके युनेस्को क्लबले १४ लाख ६३ हजार ८ सय ९८ रुपयौँ बराबरका स्वास्थ्य सामाग्रीहरु नरैनापुर गाउँपालिकालाई हस्तान्तरण गरेको हो । लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा अल्ट्रासाउण्ड एक थान, फुल फोल्डिंग बेड जनरल ८ थान, डेलिभरी बेड २ थान, म्याट्रेस १० वटा, बिरामी बोक्ने ट्रली ५ वटा र ह्विल चियर ५ वटा हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तव, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, स्वास्थ्य केन्द्रका निमित्त प्रमुख नवीन बुढाथोकीलाई बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, संरक्षक प्रवेज अली सिद्दिकी, कतार च्यारिटीका कार्यक्रम अधिकृत इर्शाद शेख लगायतले संयुक्तरुपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीबास्तवले सुगम जिल्लाको विकट क्षेत्रमा रहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्र सञ्चालनको लागि आवश्यक उपकरण उपलब्ध गराइदिने सहयोगी मनहरुलाई धन्यवाद दिँदै यी उपकरण यस क्षेत्रमा रहेका सबै नागरिकको उपचारका लागि फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले नरैनापुरमा स्वास्थ्यकर्मीको अभाव तथा स्वास्थ्य सुविधा नभएको कारण यहाँका जनता विरामी पर्दा स्वास्थ्य लाभका लागि भारतीय बजार वा भारतीय झोले डाक्टरसंग भर पर्नुपर्ने बाध्यता अब विस्तारै हटेर जाने बिश्वास ब्यक्त गर्दै अझ थप सामग्री र जनशक्तिको आवश्यकता भएको बताउनुभयो।

बाँके युनेस्को क्लवका अध्यक्ष चौधरीले नरैनापुरका जनताको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि क्लवका माध्यमबाट केही उपकरण उपलब्ध गराउन पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा समेत यस्तो सहयोगको लागि आफूहरुलले पहल गर्ने बताउनुभयो। कतार च्यारिटी नेपालका कार्यक्रम अधिकृत शेखले आफ्नो संस्थाले बाँकेमा रहेर बिभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले बिशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै भिडियो एक्सरे मेसिन लगायतका सामग्रीहरु सहयोग गरेको बताउँदै आगामी दिनहरुमा पनि यस्तो सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य केन्द्रका निमित्त प्रमुख बुढाथोकीले स्वास्थ्य केन्द्र सञ्चालनको लागि उपलब्ध सामग्रीहरुका कारण गुणस्तरी स्वास्थ्य सेवा दिन आफूहरुलाई सहज हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य केन्द्र सञ्चालनका लागि दक्ष जनशक्तिको कमी भएको हुँदा दरबन्दी अनुसारको जनशक्ति भएमा सामग्रीहरुबाट प्रभावकारी रुपमा सेवा विस्तार गर्न सकिने बताउँदै सामग्रीहरु प्रदान गर्ने संस्थालाई धन्यबाद समेत दिनुभयो।


प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP