prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • फैलिँदै मंकिपक्स, यसबाट बेलैमा जोगिऔं
फैलिँदै मंकिपक्स, यसबाट बेलैमा जोगिऔं
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १२, २०७९ बागेश्वरी पोस्ट
फैलिँदै मंकिपक्स, यसबाट बेलैमा जोगिऔं
फाइल फोटो

नेपालगन्ज । संसारभरमा  कोरोना (कोभिड-१९) मत्थर भएको धेरै भएको छैन । विश्वभर लाखौं मानिसको ज्यान त्यो महामारीले लियो । दसौं हजार नेपालीले पनि ज्यान गुमाए । अर्को संक्रमण विश्वमा देखा परेको छ । मंकिपक्स संक्रमण विश्वका १४ देशमा पुष्टि भइसक्यो।

८० जना मानिस संक्रमित भइसके । देश र संक्रमितको संख्या अहिले सानो छ । कोभिड—१९ पनि सुरुमा सानै संख्याबाट फैलिँदै फैलिँदै विश्वभर आतंक मच्यायो । अर्बौंको धनजनको नोक्सानी भयो । नेपालमा ज्यान गुमाएका मानिसको हिसाब भएपनि आर्थिक क्षतिको आंकलन कठिन छ । तर, सामान्य ढंगले भन्न सकिन्छ अर्बौंको क्षति पक्कै भएको छ । कोभिड—१९ को महामारी विश्वमा फैलिइसक्दा पनि नेपालको ताल भने अनौठो थियो । विश्व कोभिडको चिन्तामा थियो, त्यसको रोकथामको खोजीमा थियो ।

विभिन्न देशहरू त्यसैको त्राहित्राहिमा रहेका बेला नेपालका तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अस्ट्रेलियामा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्न गए । गर्न पाएनन् । अवस्थाको गम्भीरतालाई कति हल्का रूपमा हामी लिन्छौं भन्ने त्यो भन्दा ठूलो प्रमाण निकट विगतमा अरू कमै होलान् । फेरि मंकिपक्सको संक्रमण देखा पर्दा नेपाल उही चालमा हुने त होइन भन्ने संशय पैदा जरुर भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भनेको छ कि अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल र कतिपय युरोपेली देशमा संक्रमण पुष्टि भइसकेको छ । बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्विडेनमा पनि संक्रमण देखा परिसक्यो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा यसबारे जानकार त भइसकेको छ ।

तयारीका औपचारिक अभिव्यक्ति त आएका छन्, ठोस रूपमा केही भएको छैन । भारत र सार्क मुलुकमा संक्रमण देखा परिसकेको छैन भनेर ढुक्क हुन किन हुँदैन भने अरू मुलुकमा आइसकेको संक्रमण ती मुलुक नभित्रने कुनै ग्यारेन्टी छैन । झन् भारतमा देखा पर्यो‍ भने नेपालमा भित्रिने ग्यारेन्टी नै हुन्छ । नेपाल भारत दुवैतिरका जनताको आउजाउ भिन्दाभिन्दै देशको जस्तै छैन, सीमा खुला छ । नाकाहरू खुकुला छन् । हेक्का राखौं कि कोभिड—१९ का बेला भारतबाट नेपाल भित्रिनेको संख्या । 

अहिलेसम्म मंकिपक्सको संक्रमण मानिसका लागि पूरापूर जोखिमयुक्त देखिएको छैन । तर जनावार र मानिसहरूबाट यो संक्रमण फैलन पुष्टि भइसकेको छ । संक्रमितको जीउज्यानमा देखिने घाउ डरलाग्दा छन् । झन्डै बिफरको महामारीको रूप यसले देखाएको छ । बिफरले मानिसको जीउमा डरलाग्दा घाउका डामहरू दिन्थ्यो । कुरूप बनाउँथ्यो। 

त्यस्तै छ मंकिपक्सको लक्षण । हुन पनि यसलाई बिफरकै पारिवारिक सदस्य विज्ञहरूले मानिसकेका छन् । हाच्छिउँका छिटा र थुक पनि मंकिपक्स सार्ने माध्यम हुनु भनेको सजिलै एक जनाबाट अर्कोमा सर्न सक्नु हो । भाइरसको उपचार विज्ञानले गर्न सकेको छैन । बिरामीलाई निको पार्ने प्रयास जसोतसो भइरहेको छ । तर मंकिपक्सका लागि पनि नयाँ उपचार विधि पत्ता लगाउन समय लाग्न सक्छ । यसबाट जोगिने भनेकै अहिलेलाई रोकथामको उपाय हो । 

कोभिड—१९ को बेला सरकारी तवरबाट थुप्रै कमजोरी भएका थिए, नागरिक पनि कमजोरीले नै भरिए । स्वास्थ्य मापदण्ड पालनामा थुप्रै कमजोरी र हेलचेक्र्याइँ नागरिकहरूबाट भए । क्वारेन्टिनमा नबस्ने, मास्क नलगाउने, सरसफाइ नगर्ने, हात नधुने प्रवृत्ति देखिए । मंकिपक्सबाट जोगिने उपाय पनि तिनै हुन्, मास्क लगाउने, साबुनपानीले हात धुने, अरू मानिससँग दूरी कायम गर्ने । सम्भावित महामारीका लागि सतर्क हुनुपर्छ। 

महामारी आओस् या नआओस्, यी त हाम्रो सामान्य दैनिक जीवनमा पनि गरिरहनुपर्ने स्वास्थ्य मापदण्ड हुन् । त्यसो गरियो भने कुनै पनि महामारी मात्रै होइन, अरू रोगहरूबाट पनि बचिन्छ । हाम्रो जीवन स्वस्थ हुन्छ । आफ्नो स्वास्थ्यको ख्याल त नागरिक आफैंले पनि राख्नुपर्छ । अन्नपूर्णपोष्टबाट साभार


प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP