prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • तलब भत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक र कर्मचारी आन्दोलित
तलब भत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक र कर्मचारी आन्दोलित
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १२, २०७९ बागेश्वरी पोस्ट
तलब भत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक र कर्मचारी आन्दोलित

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलव भत्ता नपाएको भन्दै चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरु आन्दोलनको पहिलो दिन आज अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर धर्ना बसेका थिए । नेपालगन्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा आन्दोलन थालिएको हो । परिषद्को अध्यक्षमा डा. विनोद महासेठ छन् । तर्दथ समितिका रुपमा रहेको यो परिषद् दर्ताको प्रक्रियामा छ ।

अस्पतालमा कार्यरत प्राध्यापकको पेशागत हकहित एवम् प्राज्ञिक गरिमा, मानमर्यादा र उन्नतिका लागि परिषद् गठन गरिएको परिषद्का सचिव डा. अरुण महतले बताए । यही परिषद्को अगुवाईमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले मासिकरुपमा पाउनुपर्ने तलव माघ महिनादेखि नपाएको बताएका छन् । यस्तै प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेको चिकित्सकहरु बताउँछन् ।

‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन, परिषद्का सूचना अधिकारी समेत रहेका सचिव महतले भने–‘अस्पताल प्रशासनले तलवभत्ता नै नदिएपछि के गर्नु ?’ नेपालगन्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् । अधिकांशले तलवभत्ता नपाएको डा. महतको भनाई छ । यस्तै अन्य कर्मचारीले पनि तलवभत्ता नियमित पाउन नसकेको गुनासो सुनाएका छन् ।

सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्लले परिषद्को आन्दोलनमा आफूहरुको पूर्ण साथ रहेको बताए । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष समेत रहेका मल्लले अस्पताल प्रशासनले आन्दोलनलाई गम्भीरतापूर्वक लिएर तत्काल निकास निकाल्नुपर्ने बताए ।

चिकित्सक तथा कर्मचारीहरुलाई तलवभत्ता नदिए कडा आन्दोलन गर्ने उनको चेतावनी छ । आन्दोलनका कार्यक्रम अन्तर्गत् आज र भोली हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिने माग सम्वोधन नभए १६ गतेदेखि आंशिकरुपमा ओपिडी सेवा बन्द गर्ने परिषद्को चेतावनी छ ।

अस्पताल प्रशासनले भने कोभिड महामारीकै असरले नियमित तलवभत्ता दिन गाह्रो भइरहेको बताएको छ । प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिले पनि अस्पतालमा परिरहेकाले समयमा तलवभत्ता दिन नसकिएको बताए ।


प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP