prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनी प्रदेशका जिल्ला मध्ये बाँकेमा मातृ मृत्युदर सबैभन्दा बढी
लुम्बिनी प्रदेशका जिल्ला मध्ये बाँकेमा मातृ मृत्युदर सबैभन्दा बढी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ३१, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशका जिल्ला मध्ये बाँकेमा मातृ मृत्युदर सबैभन्दा बढी

नेपालगन्ज । बाँकेमा मातृ मृत्युदर कहालीलाग्दो देखिएको छ । चालू आर्थिक वर्षको हालसम्म लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये बाँकेमा सबैभन्दा धेरै आमाको मृत्यु भएको छ । त्यसमा पनि सुत्केरीपछि मृत्यु हुनेको संख्या ७२ प्रतिशत रहेको छ । सबैभन्दा धेरै मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका आमा छन् । 

चालू आर्थिक वर्षको हालसम्म बाँकेमा १७ जना आमाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेमा नेपालगन्ज उपमहानगरपालिकाका ८ जना छन् । भेरी अस्पताल, मेडिकल कलेज लगायतका थुप्रै सुविधा सम्पन्न अस्पतालहरु भएको नेपालगन्ज उपमहानगरपालिकामै आमाहरु असुरक्षित हुनुले यहाँको स्वास्थ्य अवस्थालाई समेत उदांगो बनाइदिएको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा मातृ मृत्युदर बढी देखिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १४ जनाले ज्यान गुमाइसकेका छन् ।त्यसपछि थप चार जना आमाको पनि ज्यान गएको छ । तर, उनीहरुको तथ्याङ्क समावेश गरिएको छैन । अघिल्लो आर्थिक वर्षमा ६ जना आमा गुमाएको डुडुवा पालिकाले चालू आर्थिक वर्षको हालसम्म भने एक जना आमा गुमाएको छैन । खजुरा र बैजनाथ गाउँपालिकामा पनि आमा मृत्युदर शून्य देखिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा आयोजना गरेको परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धि कार्यक्रममा श्रेष्ठले सुत्केरीपछि हुने मृत्यु ७२ प्रतिशत रहेको बताइन्  । त्यस्तै गर्भवतिमै मृत्यु हुने २८ प्रतिशत रहेको छ ।  यो हिसावले हेर्दा बच्चा जन्मिनु भन्दा बच्चा जन्मिसकेपछि धेरै आमाको मृत्यु भएको देखिएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले गर्भावस्थामा नियमित स्वास्थ्य चेकजाँच नगर्नु, परिवारले उचित स्याहारमा ध्यान नदिनु लगायतका कारणले पनि आमा मृत्यु बढेको बताए । यस्तै भेरी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले मातृ मृत्यु घटाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले गर्भावस्थामा नियमित स्वास्थ्य चेकजाँच गर्नुपर्ने, अस्पतालमै सुत्केरी हुनुपर्ने लगायतका सवालमा परिवार पनि संवेदनशील बन्नुपर्ने बताइन् ।


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP