prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालमा सिकलसेल बिरामीको उपचार खर्च सकियो, बिरामी समस्यामा
भेरी अस्पतालमा सिकलसेल बिरामीको उपचार खर्च सकियो, बिरामी समस्यामा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार ६, २०७९ बागेश्वरी पोस्ट
भेरी अस्पतालमा सिकलसेल बिरामीको उपचार खर्च सकियो, बिरामी समस्यामा

नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जमा उपचाररत २० जना सिकलसेल विरामीको उपचार खर्च सकिएको छ । सरकारले सिकलसेल बिरामीलाई एक लाखसम्म उपचार खर्च दिने गरेको छ । सरकारले दिने खर्च सकिएपछि ती बिरामीहरु समस्यामा परेका छन्।

भेरी अस्पतालमा ८९४ जना बिरामी नियमित उपचारमा रहेको अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए । पश्चिम नेपालका थारु समुदायमासहित अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगका बिरामीलाई आवश्यक औषधि बीमाको सूचीमा समेत नसमेटिएका कारण थप सास्ती खेप्नु परेको छ ।

सरकारले अति आवश्यकीय औषधिको सूचीमा सिकलसेलका बिरामीले पाउनुपर्ने औषधिलाई समावेश गरेपनि बीमाको सूचीमा भने राखिएको छैन । जसले गर्दा बीमा गरेका सिकलसेलका बिरामीले वीमा गरेपनि औषधि पाउन सकेका छैनन् । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको र अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगको उपचारलाई प्रभावकारी गराउन सरकारले नीतिगत सुधार गर्न जरुरी रहेको सिकलसेल विज्ञ समेत रहेका डा. पाण्डेको सुझाव छ ।

सिकलसेल तथा थालेसेमिया रोगको न्यूनीकरणका लागि हरेक समुदायमा स्क्रिनिङ जरुरी रहेको डा. पाण्डेको भनाई छ । त्यसैका आधारमा रोगी र वहाकको पहिचान हुने र उपचार तथा न्यूनीकरणका कार्यक्रमहरु अगाडि बढाउन सहज हुने उनले बताए ।

‘सिकलसेल तथा थालेसेमिया न्यूनीकरणका लागि बाहकको पहिचान गर्न अत्यन्तै जरुरी छ,' उनले भने–‘त्यसका लागि कम्तिमा पनि विहे अगाडि किशोर किशोरीको स्क्रिनिङ गर्नै पर्छ ।’ रोगी वा वहाक पहिचान भए त्यही अनुसार विहेवारी गर्न सुझाउनु पर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

सिकलसेल तथा थालेसेमियाबाट भावी पुस्तालाई जोगाउने उपाय भनेकै रोगी–रोगीबीचको विवाह रोक्नु हो । यदि एउटा रोगी र अर्को निरोगी छ भने विवाह गर्न मिल्ने डा. पाण्डेको भनाई छ । सिकलसेल र थालेसेमिया रोगको उपचार खर्चिलो हुने भएकाले राज्यले नीतिगतरुपमा पहलदकमी लिनु पर्ने डा. पाण्डे बताउँछन्  । उनले सिकलसेल र थालेसेमियाका बिरामीको वीमाको प्रिमियर सरकारले नै तिरिदिनु पर्ने बताउँछन्  । स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जका संचारकर्मीसँग गरेको अभिमुखीकरणमा डा. पाण्डेले बंशाणुगत यो रोग भावी पुस्तामा सर्न नदिनु नै न्यूनीकरणको उपाय भएकाले त्यसै खालका कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने सुझाव दिए ।

स्वास्थ्य कार्यालयले अहिले बाँकेका थारुबाहुल पालिकाहरुमा सिकलसेल र थालेसेमिया रोगको स्क्रिनिङ गर्दै आएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ४, ५, ६ र ७ मा करिव दुई हजारलाई स्क्रिनिङ गर्ने योजनाका साथ अहिले वडा नम्वर ४ का ३७३ जनाको स्याम्पल जाँच गर्दा ६३ जनामा बाहक देखिएको छ ।

कक्षा ९ र १० का विद्यार्थीहरुको स्याम्पल कलेक्सन गरेर भेरी अस्पतालमा परीक्षण गर्ने गरिएको छ । यो हिसावले हेर्दा करिव १७ प्रतिशतमा सिकेलसेल देखिएको छ । कोहलपुर नगरपालिकामा पनि करिव १५ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए ।


प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP