prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण
नेपालगञ्जमा हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १२, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण

नेपालगञ्ज । नेपालगञ्जमा आज हरित सीप तथा हरित रोजगारी सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ)दको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा स्थानीय निकायका पदाधिकारीहरुका लागि हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

जलबायु परितर्वनको बढ्दो असरलाई मध्यनजर गरी पर्यावरणको गुणस्तर संरक्षणका लागि हरित सीप तथा हरित रोजगारी प्रबद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले बताए । संस्थाका अध्यक्ष चम्पसिंह थापा मगरको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रस्तुति, छलफल र समूह कार्य गरिएको थियो । 

नगर कार्यपालिकाका सदस्यहरु, विभिन्न शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा वातावरण इन्जिनियर दिपेन्द्र उप्रेतिले हरित सीपको परिभाषा, सिद्धान्त र प्रकारसंगै नेपालमा जलवायु परिवर्तन र वातावरणीय असर, विद्यमान ऐन, नीति, नियम, निर्देशिका र समाधानका उपायका बारेमा प्रस्तुतिकरण गरेका थिए । 

No description available.

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वातावरण शाखाका प्रमुख प्रकाश डिसीले पालिकाले अहिलेसम्म गरेका राम्रा अभ्यास, चुनौति र अवसर तथा विज्ञ नारायण सिग्देलले नेपालमा वातावरण तथा जलबायु परिवर्तनलाई अनुकूलता कायम गर्ने उपाय तथा सम्भावनाहरुका विषयमा उत्प्रेरणात्मक प्रस्तुतिकरण गरेका थिए । 
त्यसक्रममा स्थानीय तहको प्रतिबद्धता, कार्य योजना निर्माण, के गर्ने, कहाँ गर्ने, कसले गर्ने, कहिले गर्ने, कसरी गर्ने र बजेटका सम्बन्धमा समूहगत छलफल गरिएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंहले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

No description available.


प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP