Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा स्थानीय मदिरा नियन्त्रण सम्वन्धि कार्यविधि कार्यान्वयन गरिँदै
कोहलपुरमा स्थानीय मदिरा नियन्त्रण सम्वन्धि कार्यविधि कार्यान्वयन गरिँदै
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २१, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा स्थानीय मदिरा नियन्त्रण सम्वन्धि कार्यविधि कार्यान्वयन गरिँदै

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि कार्यविधि पारित गर्दै त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । 

Prabhat+2

सम्वद्ध सबै सरोकारवाला पक्षसँग कार्यविधि कार्यान्वयनका सवालमा छलफल कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले पालिका क्षेत्रमा मदिरालाई व्यवस्थित गर्ने प्रक्रियालाई अगाडि बढाएको हो । अब कुनै पनि व्यक्तिले इजाजतपत्र वेगर र इजाजतपत्र पाएकाले पनि इजाजतपत्रमा तोकिएको शर्त बाहेक मदिरा उत्पादन विक्री वितरण गर्न नपाइने गरी कार्यविधि बनाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।

‘इजाजतपत्र प्राप्त व्यक्तिले विहान १० बजेदेखि राती १० बजेसम्म मात्रै मदिरा विक्री वितरण गर्न पाउनेछ,' थापाले भने–‘१८ वर्षदेखि मुनिका कुनै पनि बालबालिकाले मदिराको विक्री वितरण र खरिद गर्न नपाउने गरी कार्यविधि बनाइएको छ ।’ नगरपालिकाबाट इजाजतपत्र लिएको भएता पनि नगरपालिकाको स्वास्थ्य, शिक्षा, सरकारी कार्यालय, धार्मिक स्थल र पुरातात्विक महत्वका क्षेत्रहरुमा मदिराजन्य पदार्थ विक्री वितरण निषेधित क्षेत्र घोषणा गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।  

सार्वजनिक कार्यक्रम, सभा, समारोह, मेला, महोत्सव, धार्मिक कार्यक्रम, शैक्षिक कार्यक्रम, खेलकुद, भेला, सम्मेलन, गोष्ठी, कार्यशाला, कन्सर्ट जस्ता कार्यक्रममा मदिरा सेवन तथा बेचविखनमा प्रतिबन्ध लगाइएको छ । यस्तै किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल लगायतका कुनै पनि पसलबाट मदिरा विक्री वितरण गर्नमा समेत कार्यविधिले रोक लगाएको छ । यस्तै मानव स्वास्थ्यप्रति चेतना गराउने सूचना तथा होर्डिङ वोर्ड बाहेक मदिराको प्रचार प्रसार, माइकिङ, विज्ञापन तथा होर्डिङ वोर्ड राख्न समेत नपाइने भएको छ । 

No description available.

मदिरा विक्रेताहरुले मदिरा विक्री कक्षमा मदिरा बाहेक अन्य मालसामान राखेर कारोवार गर्न समेत नपाइने कार्यविधिमा उल्लेख गरिएको नगर प्रहरी प्रमुख थापाले बताए । कार्यविधि विपरीतको कसुर गर्नेलाई कारवाही समेत गरिने उल्लेख छ । नगरपालिका क्षेत्रभित्र नगरपालिकाबाट इजाजत नलिई मदिरा विक्री वितरण गरेको पाइएमा मदिरा जफत गरी पहिलो पटक रु. १० हजार, दोस्रो पटक रु. २० हजार र तेस्रो पटक र सो भन्दा बढी भएमा प्रत्येक पटकको लागि रु. ३० हजार जरिवाना गरिने उल्लेख छ । 

नगरपालिका क्षेत्रभित्र कसैले घरेलु मदिरा उत्पादन, विक्री वितरण तथा ओसारपसार गरेको भेटिएमा उक्त मदिरा नष्ट गरी पहिलो पटक रु. ५ हजार, दोस्रो पटक रु. १० हजार र तेस्रो पटक रु. १५ हजार जरिवाना गरिने पनि कार्यविधिमा उल्लेख छ । मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न मदिरा व्यवस्थापन कोषको समेत व्यवस्था गरिएको थापाले बताए । ‘कार्यविधि विपरीत मदिरा विक्री वितरण र सेवन गर्ने व्यक्तिबाट कार्यविधि बमोजिम उठेको जरिवाना रकमको १० प्रतिशत सुराक दिने व्यक्तिलाई, २५ प्रतिशत सुरक्षा निकायलाई इन्धन, अन्य व्यवस्थापनका लागि २५ प्रतिशत सम्बन्धित वढा कार्यालयलाई र ४० प्रतिशत नगरपालिकाको मदिरा व्यवस्थापन कोषमा रहनेछ,' उनले भने–‘कोषको संचालन नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त दस्तखतमा गरिनेछ ।’ मदिरा कोषको रकम गम्भीर रोग लागेका तर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ भएका व्यक्तिलाई सहयोग गर्ने, घरेलु हिंसामा परेका महिलालाई आवश्यक जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्ने लगायतका कार्यमा खर्चिने भएको छ ।

कार्यविधि कार्यान्वयनका लागि आयोजना गरिएको छलफल कार्यक्रममा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिका क्षेत्रभित्र मदिराजन्य पदार्थको कारोवार र प्रयोगलाई व्यवस्थित गर्ने प्रयास गरिएको बताए । ‘स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित गरेका छौं,' उनले भने–‘यसको कार्यान्वयनका लागि सबै क्षेत्र समुदायलाई आग्रह गर्दछु ।’ मदिराको प्रयोगले परिवार र समाजलाई अल्पकालीन र दीर्घकालीन असर पुर्याईरहेको उल्लेख गर्दै उनले यसबाट सबैर्ला जोगाउन मदिरा विक्री वितरण र सेवनका लागि निश्चित स्थान तोक्नुपर्ने आवश्यकता भएरै कार्यविधि बनाइएको बताए ।

No description available.इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले मदिराबाट सिर्जित घटनाबारे प्रस्तुतिकरण गर्दै पछिल्ला सवारी दुर्घटना, घरेलु हिंसा लगायतका प्रमुख कारण मदिरा भएको उल्लेख गरे । ‘अधिकांश सवारी दुर्घटना र घरेलु हिंसाको कारण मदिरा बनेको छ,' उनले भने–‘यसलाई व्यवस्थापन गर्न सकिएन भने अवस्था भयावह हुन्छ ।’ 

कार्यक्रममा सहभागीहरुले कार्यविधिलाई कार्यान्वयन गरेर लैजान स्थानीय सरकारलाई सुझाव दिएका छन् । उनीहरुले कार्यविधि कार्यान्वयनसँगै अनुगमनको पाटोलाई पनि प्रभावकारी बनाएर लैजानु पर्ने धारणा राखेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका अगुवा, आमा समूह लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०, २१:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापन प्राथमिकतामा'
'नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापन प्राथमिकतामा'
नेपालगञ्जमा भोलि सद्भाव ¥याली निकालिने
नेपालगञ्जमा भोलि सद्भाव ¥याली निकालिने
बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू
बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू
'आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन'
'आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन'
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP