prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • को हुन् पोषण केसी-किन दिए उम्मेदवारी ?
को हुन् पोषण केसी-किन दिए उम्मेदवारी ?
banijya office
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ८, २०७८ बागेश्वरी पोस्ट
को हुन् पोषण केसी-किन दिए उम्मेदवारी ?

नेपालगञ्ज ।  नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले बाँके क्षेत्र नम्बर १ को संघीय निर्वाचन क्षेत्रको सभापति पदका लागि उम्मेदवारी दिएका छन् । उनको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गरिएको छ । क्षेत्र नम्बर १ का लगभग सबै अग्रज नेतादेखि युवा पुस्ताका नेता कार्यकर्ताहरुको साथ र समर्थनसहित केसीले उम्मेदवारी दर्ता गरेका हुन् । नयाँ नेतृत्व चुन्न विहिबार निर्वाचन हुँदैछ । 

nepalgunj 081-082

नेपाल विद्यार्थी संघको राजनीतिबाट पाइला अघि सारेका केसी दुई दशकको सक्रिय पत्रकारितालाई विट मार्दै पूर्णकालीन राजनीतिक यात्रा सुभारम्भ गरेको छोटो समयमै नेपाली कांग्रेस क्षेत्र नम्बर १ मा सुदृढ र संगठिन कांग्रेस बनाउने अभियानसहित क्षेत्रीय सभापतिको उम्मेदवार बनेका छन् । 

पढ्नमा तेज, वाककला, नेतृत्व वहन गर्न सक्ने क्षमता पोषण केसीका बाल्यकालदेखिकै गुण हुन् । छरछिमेक–गाउँघरमा कसैलाई अप्ठ्यारो पर्दा अग्रसर भएर खटिने उनको बाल्यकालकै स्वभाव हो । बाँकेको तत्कालीन खासकुश्मा गाविस हाल राप्तीसोनारी गाउँपालिका १ लौकीमा २०३२ सालमा जन्मिएका केसीले यिनै बाल्यकालका गुणलाई आफ्नो उमेर बढ्दै जाँदा क्षमतामा प्रस्फुटन गर्दै गए । गाउँघरमै सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट सुरु भयो । विकट ठाउँमा जन्मिएका केसीलाई विकटका नागरिकहरुले भोग्नु परेका दुःखकष्ट, समस्या लगायतका बारेमा राम्रोसँग जानकारी थियो । यी समस्या समाधानको विकल्प उनले पत्रकारिता र राजनीतिबाट मात्रै देखेका थिए ।

१४ वर्षकै कलिलो उमेरमा उनको मानसपटलमा यो छाप परिसकेको थियो । त्यसैले त उनी २०४६ सालको बहुदलीय व्यवस्था विरुद्ध अग्रसर हुन थाले । उनी विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होम्मिए । बहुदल पुनःस्थापना लगत्तै विद्यार्थी राजनीतिलाई सक्रियतापूर्वक अगाडि बढाएका केसी २०५० सालमा नेविसंघ बाँके जिल्ला कमिटीको सदस्य बनेका थिए । अध्ययन, राजनीतिसँगै उनले पत्रकारितालाई पनि अगाडि बढाउने अवसर प्राप्त गरे । 

२०४८ सालमै उनी पत्रकारितामा होम्मिएका थिए । रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारबाट पत्रकारिता प्रारम्भ गरेका केसी २०५२ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद् भए । २०५८ सालमा उनी महासंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महासंघको महासचिव बनेर नेतृत्वदायी भूमिका निभाए । 

२०६८ सालमा भने उनी नेपाली काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य बनेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरे । २०६९ र २०७१ मा पत्रकार महासंघको अध्यक्षका प्रत्यासी केसीले २०७२ सालमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । एमए, एमफिल पूरा गरी पिएचडी गर्दै गरेका केसी राजनीतिक दलका नेताहरुसँग सिधै पहुँच राख्ने मध्येमा पर्छन् । पूर्व प्रधानमन्त्री तथा पूर्व पार्टी सभापति स्वर्गीय सुशील कोइरालासंग नजिक भएर उनले पार्टीमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन् । 

कार्यकर्ताको सुखदुःखमा अहोरात्र खटिने भएकाले केसीलाई सबैले रुचाउने गरेका छन् । पढेलेखेको, सबैलाई समेटेर लैजान सक्ने क्षमता भएको, केन्द्रीय राजनीतिमा सिधा पहुँच भएकाले पनि पार्टीलाई चलायमान गराउनेदेखि समग्र जिल्लाको विकासमा समेत प्रभाव पार्न सक्ने खुवी र क्षमता केसीमा रहेको कांग्रेसका नेता कार्यकर्ता बताउँछन् । पत्रकारिताका माध्यमबाट दुई दशक बढी समय देश र समाजको सेवा गरेका केसी अब राजनीतिका माध्यमबाट समाज बदल्ने संकल्पका साथ राजनीतिमा होमिएको बताउँछन् ।

समय सापेक्ष समाज निर्माण गर्दै समाजका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृढ अठोटका साथ आफू राजनीतिमा लागेको उनी भन्छन् । समतामूलक समाज निर्माणको अभियानलाई राजनीतिक मोर्चाबाट सम्बोधन गर्न सकिने यथार्थ बोध गर्दै पूर्णकालीन राजनीतिक यात्रा थालेको उनको भनाई छ । 

कांग्रेसको संगठनलाई सदृढ बनाउँदै चलायमान र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको केसी बताउँछन् । कांग्रेसलाइ अझ सबल र सक्षम बनाउन राजनीतिमा होमिएको केसीको भनाई छ । अग्रजलाई सम्मान गर्दै अनुजलाई प्रोत्साहन गर्ने उनले बताए । सबै अट्ने एकताबद्ध कांग्रेस बनाउने आफ्नो प्रयास रहने उनी बताउँछन् । क्षेत्रीय पार्टी कार्यालय बनाउने उनको अठोट छ ।


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १९:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP