नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको आजदेखि बयान
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको आजदेखि बयान
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १२, २०८० बागेश्वरी पोस्ट
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको आजदेखि बयान

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका सबै प्रतिवादीहरुको बयान आजदेखि न्यायाधीशसमक्ष शुरु हुँदैछ । 

गत बुधबार उक्त प्रकरणमा ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् भने १४ फरार छन् ।

बुधबार दर्ता भएको मुद्दामा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुन लागेको हो । यसअघि पटक पटक समय थपिएको भए पनि अब भने बयानका क्रममा समय थपिरहनु पर्दैन । 

सबैको बयान सकिएपछि मात्र थुनछेकको बहस शुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलको कार्यालयले २२४ पृष्ठ लामो अभियोगपत्र दायर गरेको हो ।

राज्यविरुद्धको अपराध, संगठित अपराध, कीर्ते, ठगीलगायतका आरोप लगाएर मुद्दा दर्ता गराइएको हो । बिहीबार सार्वजनिक बिदा परेकाले आजदेखि अदालतमा बयान शुरु गर्न लागिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा अदालतमा दर्ता भएको अभियोगपत्र  २२४ पृष्ठको पत्रसहित १६ जनाको बयान सकिन भने केही दिन लाग्ने छ । 

यता कथंकदाचित अदालतबाट छुट्ना साथ उनीहरुलाई पक्राउ गर्ने गरी अभियोगपत्रसमेत दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटी जाने भएमा सम्बन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएको भन्दै सम्पत्ति शुद्धीकरणमा पनि अर्को मुद्धा जाने जनाएको छ ।

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखी पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोगपत्रमा उल्लेख गरिएको हो । 


प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
नेपालगञ्जको जमुनाह नाकाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो स्रोत नखुलेको ५ लाख भारु
नेपालगञ्जको जमुनाह नाकाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो स्रोत नखुलेको ५ लाख भारु
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP