prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कब्जा गरेका परिचय–पत्र बाँड्न चुन्नाले घरघरमा रातारात मान्छे खटाए
कब्जा गरेका परिचय–पत्र बाँड्न चुन्नाले घरघरमा रातारात मान्छे खटाए
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २८, २०७६ बागेश्वरी पोस्ट
कब्जा गरेका परिचय–पत्र बाँड्न चुन्नाले घरघरमा रातारात मान्छे खटाए
सांंकेतिक तस्बिर

नेपालगञ्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी समूहबाट उम्मेदवार भएकाहरुले आचारसंहिता विपरीत एकमुष्ट लिएर गएका मतदाता परिचय–पत्र रातारात वितरण गरेका छन् ।

समावेशी समूहबाट अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृतसिंह चौधरीले परिचयपत्र गायव बनाएको पुष्टि भएपछि आइतवार ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रि उद्योगी व्यावसायी समूहले पत्रकार सम्मेलनमार्फत त्यसको विरोध गरेको थियो । विरोधपछि आइतवार राती समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार चुन्नाले आफ्नो मान्छे मार्फत परिचय–पत्र घरघरमा पुराएका छन् ।

कतिपय मतदाताले यसरी रातारात घरमा पु¥याइएका परिचय–पत्र नबुझेर फिर्ता गरिदिएका छन् । उनीहरुले नेपालगन्ज उद्योग बाणिज्य संघमा रहेको निर्वाचन सचिवालयबाट आफ्नो परिचय–पत्र आफै बुझ्ने भन्दै परिचय–पत्र लगेर गएकालाई फकाईदिएका छन् । निर्वाचन आचारसंहितामा परिचय–पत्र लिन मतदाता स्वयम उपस्थित हुनु पर्ने उल्लेख छ ।

मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोराबुहारी, बाबुआमाको मन्जुरी नामा पेश गरि परिचयपत्र लिन सकिने स्पष्ट उल्लेख छ । ‘उद्योग बाणिज्य संघबाटै परिचय–पत्र लिन्छौं मेरो परिचय–पत्र लिएर घरघरमा आउने तपाईको को हो ?’ मतदाताले प्रतिप्रश्न गरेपछि उनी (चुन्नाका मान्छे) फर्किए’ एक मतदाताले भने । चुन्नाका मान्छे राती १० बजे झोलामा परिचय–पत्र लिएर आएको ति मतदाताहरुको भनाइ छ। चुन्ना समूहले लगेको परिचय–पत्र रातारात बाँडिएको भन्ने गुनासो हामीलाई आएको छ नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्माले भन्नुभयो–‘निर्वाचन आचारसंहिता विपरित भएको हर्कतको हामी कानुनी उपचार खोज्दै छौं।’

आफ्नो परिचय–पत्र लिन गएका मतदाताले परिचय–पत्र अरुले नै बुझेर लगिसकेको थाहा पाएपछि परिचय–धाँधलीको रहस्य खुलेको थियो । सो कुराको गुनासो मतदाताहरुले संघका अध्यक्ष नन्दलाल बैश्यलाई सुनाएपछि उहाँले आचारसंहिता विपरीत भएको भन्दै संलग्नलाई कारवाही गर्ने बताउनुभएको थियो ।

उहाँले छलफल गरेर पुरानो परिचय–पत्र रद्द गरेर नयाँ बनाउन सकिने बताउनुभयो । समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेपछि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले परिचय–पत्र वितरणमा रोक लगाएको छ भने नयाँ परिचय–पत्र बनाउन माग गरेको छ ।(यो खबर साझा प्रजातान्त्रिक ब्यबसायी समुहको फेसबुक पेजबाट साभार गरिएको छ।)


प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP