prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीमा पद लिएर 'ठालू' बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्छः राठौर
पार्टीमा पद लिएर 'ठालू' बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्छः राठौर
banijya office RSG-2
'दलाली गर्ने भए आजैदेखि पार्टी छोड्नुस्'
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १३, २०७९ बागेश्वरी पोस्ट
पार्टीमा पद लिएर 'ठालू' बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्छः राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीमा पद लिएर ठालू बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पद लिएर पदलाई न्याय गर्न सक्नुपर्ने बताए ।

No description available.

"पार्टी भन्दा ठूलो नबन्नुस्, पद लिएर पदलाई न्याय गर्नुस्, अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ," उनले भने-"दलाली गर्न कांग्रसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस् ।" उनले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

बाँकेको क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका सहमहामन्त्री राठौरले बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने गरी आफूले काम गर्ने बताए । "सुशिल दाईले एडिबी ल्याएर नेपालगञ्जको विकास गर्नुभयो, बाँके बर्दियामा अन्य आयोजनाहरु पनि सुरु गर्नुभयो, अब सुशिल दाईले सुरु गरेका आयोजनालाई गति दिने काम म गर्छु ।"

No description available.

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विजयी भएका उम्मेदवाहरुलाई बधाई ज्ञापन गर्दै जनपक्षीय काम गर्न आग्रह गरे ।

पार्टी सभापति नारायणप्रसाद गौडेलले सिट बाँडफाँड र टिकट वितरणमा ढंग नपुर्याउँदा गठबन्धनले साचे अनुरुपको परिणाम ल्याउन नसकेको बताए । उनले यसअघिका चुनावमा पार्टीलाई घात गरेको आरोप लागेर कारावाहीका लागि सिफारिस भएका नेताहरुलाई समानुपातिकतर्फ सांसद बनाउन नहुनेमा जोड दिए ।

उनले भने-"अनुशासनको कारवाहीका लागि सिफारिस भएकाहरु सांसद बन्न हुँदैन, यसले अराजकता बढाउँछ, म सहमहामन्त्री ज्यूलाई भन्न चाहन्छु, त्यस्ता मान्छेलाई सांसद बनाउँदा पार्टीमा झन अनुशासनहिनता बढ्छ ।" उनले स्थानीय र संघ तथा प्रदेशको चुनाव सकिएको भन्दै नेपाली कांग्रेस बाँके अब संगठन बनाउन केन्द्रित हुने बताए ।

No description available.

सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित ३(२) र १(१) का सदस्यद्वय क्रमशः बादशाह कुर्मी र कृष्णा केसी नमुना लगायतले बोलेका थिए । कार्यक्रममा नवनिर्वाचित राठौर, कुर्मी  र नमुनालाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान व्यक्त गरिएको थियो । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

No description available.

No description available.No description available.

 


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP