Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी प्रदेशसभामा १० दलको उपस्थिति रहने
लुम्बिनी प्रदेशसभामा १० दलको उपस्थिति रहने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २०, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा १० दलको उपस्थिति रहने

नेपालगञ्ज । लुम्बिनीको प्रदेशसभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेशसभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो ।

यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र जनमत पार्टी गरी ८ दलले चुनाव जितेका छन् । प्रत्यक्षमा नजिते पनि समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समेत कुल सदर मतको १.५ प्रतिशतको थ्रेसहोल्ड कटाएर एक एक सिट पाउने भएका छन् । नेकपा माओवादीबाट बागी उम्मेदवारी दिएर जितेका तीन जना सांसद स्वतन्त्र हैसियतमा छन्।

 

 

 

लुम्बिनी प्रदेशमा ३२ दलले चुनावमा भाग लिएका थिए । ३२ दलले प्राप्त गरेको १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा १० वटा दलले १.५ प्रतिशत थ्रेसहोल्ड अर्थात २८ हजार ३०६ मत कटाएका छन् । लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिबाट ३५ सांसद चयन हुनेछन् । सबैभन्दा धेरै ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ देखि १२ सिट पाउने अनुमान छ ।

 

४ लाख ९९ हजार ९८६ मत ल्याएको नेपाली कांग्रेसले ९ देखि १० सिट, १ लाख ९८ हजार ४५० मत पाएको माओवादी केन्द्रले ५ सिटसम्म पाउने अनुमान छ ।

१ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सीट,१ लाख २५ हजार ५५१ मतसहित पांचौं ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले पनि २ सिट पाउनेछ । निर्वाचन आयोगको तथ्यांक अनुसार डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैठौं दल बन्दा समानुपातिकमा एक सिट पाउने छ । यस्तै ६० हजार ८८६ मत पाएको जनता समाजवादी पार्टीले पनि समानुपातिकमा एउटा सिट पाउने छ ।

४२ हजार ६२१ मत पाएको नेकपा एकीकृत समाजवादी, ३७ हजार ६३१ मत पाएको लोकतान्त्रिक समाजवादी पार्टी र ३२ हजार ६४७ मत पाएको राष्ट्रिय जनमोर्चाले पनि एक–एक सिट पाउने छन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।

समानुपातिक समेत दलहरुको सम्भावित सिट

नेकपा एमाले- ३०
नेपाली कांग्रेस- २६
नेकपा माओवादी- १०
राप्रपा- ४
नागरिक उन्मुक्ति पार्टी- ४
जनमत पार्टी- २
जसपा- ३
लोसपा- ३
एकीकृत समाजवादी- १
राष्ट्रिय जनमोर्चा- १
स्वतन्त्र- ३

-अनलाइनखबर


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP