prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेविसंघ बाँके अध्यक्ष मनोनयन विवादित:कांग्रेस बाँकेको आपत्ति
नेविसंघ बाँके अध्यक्ष मनोनयन विवादित:कांग्रेस बाँकेको आपत्ति
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २३, २०७९ बागेश्वरी पोस्ट
नेविसंघ बाँके अध्यक्ष मनोनयन विवादित:कांग्रेस बाँकेको आपत्ति

नेपालगञ्ज । नेपाली विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेस बाँकेको पत्र अनुसार नेविसंघ बाँकेको अध्यक्ष मनोनित गरेको भनी प्रकाशित गरेको बक्तब्यप्रति नेपाली कांग्रेस बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।

सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै मंसिर १९ मा जारी बक्तब्यमा ‘नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरुमा विवरण मागे बमोजिम मिति २०७९/०८/१७ गते प्राप्त नेपाली कांग्रेस बाँके जिल्लाको पत्र अनुसार’ भनी जिल्ला अध्यक्ष तोेकेको उल्लेख गरिएको सन्दर्भमा उक्त पत्र पार्टीको कुनै जानकारी र रेकर्डमा नभएको स्पष्ट पारेका छन् ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘उक्त मितिमा जिल्ला कार्यसमितिले कुनै पनि पत्र नेविसंघ केन्द्रीय कार्यालयलाई नपठाएको र नेविसंघ केन्द्रीय कार्यसमितिका पदाधिकारी वा सदस्यहरुसंग यस विषयमा कुनै कुराकानी तथा परामर्श नभएको अवस्थामा यस प्रकारको बक्तब्य जारी हुनु निकै दुःखद र निन्दनीय विषय हो । उक्त दिनको त्यस व्यहोराको पत्र पार्टी कार्यालयको ‘चलानी’मा नभएको जानकारी गराउन चाहन्छौं ।’

निर्विवाद नेविसंघलाई विवादमा ल्याउने काम भएको भन्दै उनले उक्त पत्र तत्काल फिर्ता लिन आग्रह गर्दै कार्यबहाक अध्यक्ष चक्रबहादुर रावतलाई जिल्लाको संगठन सुदृढीकरणमा लाग्न भनेका छन् ।सभापति गौडेलले नेपाली कांग्रस बाँकेको समन्वयमा जिल्ला अधिवेशनको तयारी गर्न पनि आग्रह गरेका छन् ।

विधि–विधान र प्रक्रियालाई चुनौती दिँदै मनोमानी ढंगले मनोनयन गरिएको भन्दै सभापति गौडेलले आपत्ति प्रकट गरेका छन् । उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र समाजिक सञ्जालमार्फत् जानकारीमा आएको यो विषय पार्टीको स्थापित परम्परा, विधि विधान र मान्यता विपरीत हुने हाम्रो ठहर छ ।’

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मंसिर १९ गतेको मितिमा एक बक्तब्य जारी गर्दै उपेन्दबहादुर विष्टलाई बाँके अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् । उनले कांग्रेस बाँकेको पत्र अनुसार उक्त निर्णय लिएको भन्दै बक्तब्य जारी गरेपछि नेविसंघ अध्यक्ष मनोनयन विवादमा परेको हो ।

३२ बर्षे उमेर हद लागू भएपछि गत बैशाख ७ गते चक्रबहादुर रावतलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका ११औं अधिवेशनबाट अध्यक्ष निर्वाचित पूर्णप्रसाद आचार्यले कडा शब्दमा आपत्ति जनाइसकेका छन् । आचार्य हाल कोहलपुर नगरपालिकाका मेयर छन् ।

No description available.


प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP