prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा भोली नेपथ्य सांगितिक कार्यक्रम हुँदै
नेपालगञ्जमा भोली नेपथ्य सांगितिक कार्यक्रम हुँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २८, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भोली नेपथ्य सांगितिक कार्यक्रम हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा भोली नेपथ्य सांगितिक कार्यक्रम हुँदैछ । 'मानवता प्रबद्र्धन महाअभियान'को आयोजनामा भोली अपरान्ह ४ बजे नेपालगञ्ज रंगशालामा नेपथ्य सांगितिक कार्यक्रम हुन लागेको हो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रबद्र्धन लक्षित कार्यक्रम अन्तर्गत सांगितिक कार्यक्रम गर्न लागिएको बताए ।

नेपालगञ्ज रंगशालामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष अधिकारीले देशका १० प्रमुख शहरहरुमा मंसिर १६ गतेदेखि कार्यक्रम गर्न शुरु गरिएको बताए । उनका अनुसार मंसिर १६ मा विराटनगरबाट शुरु भएको कार्यक्रम पुष १६ गते काठमाण्डौमा समापन हुनेछ ।

अधिकारीले सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवामा सबैलाई जागरुक गराउन र मानवता प्रदर्शन गर्ने अभिष्टसहित नेपालगञ्जमा पनि कार्यक्रम गर्न लागिएको बताए । उनले मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागेको बताए ।

मानवताका लागि नेपथ्य सांगितिक कार्यक्रमका संयोजक कृष्णप्रसाद श्रेष्ठले तयारी करिब पूरा भइसकेको जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन सबै नेपालगञ्जबासीको भूमिका अहम् हुने बताए । मानव सेवा आश्रमकी केन्द्रीय सदस्य सृजना ओलीले कार्यक्रमबाट उठेको पैसाले मानव आश्रम बनाइने बताइन् ।

नेपथ्यका लिड गायक अमृग गुरुंग ७० जनाको टोलीसहित नेपालगञ्ज आइसकेका छन् । गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् ।  

कन्सर्टको तयारी स्वरुप श्रेष्ठको संयोजकत्वमा मूल समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति, जयनाराण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, उमा डाँगी ग्राण्डन संयोजक रहेको आवास व्यवस्थापन समिति, गोविन्द पाण्डे संयोजक रहेको सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति लगायत ११ वटा विषयगत उपसमितिहरु बनाइएका छन् ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ । 

दानवीर एवं समाजसेवी जैकेश र सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नं. ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया शुरु हुन लागेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १० मा घर भाडामा लिई सेवा सञ्चालन गरिरहेको छ । 


प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP