prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शीतलहर चल्न थालेको नेपालगञ्जमा नेपथ्यको न्यानो
शीतलहर चल्न थालेको नेपालगञ्जमा नेपथ्यको न्यानो
RSG-2
नेपथ्यको सांगितीक माहोलमा झुमे दर्शक
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १, २०७९ बागेश्वरी पोस्ट
शीतलहर चल्न थालेको नेपालगञ्जमा नेपथ्यको न्यानो

नेपालगञ्ज । दिउँसो अबेला मात्र घाम देखिएको नेपालगञ्जमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुई ठीक ६ मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो ।

मञ्चको निकै अगाडि रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायको निम्ति यो सुखद् क्षण थियो किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनै बेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो । डोल्पा दुनैका वासिन्दा लक्ष्मीकान्तले यो गीत दशकौंअघि सुनेका थिए । त्यसमा कही जुम्लाका प्रभावहरु मिसाएर तयार पारेको यो गीतलाई झण्डै डेढ दशकदेखि नेपथ्यले गाउँदै आएको छ । अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिन मात्रै डोल्पादेखि नेपालगञ्ज आएका थिए । डोल्पा जिल्ला अस्पतालमै कार्यरत चिकित्सक छोरा र बुहारीको साथमा नेपालगञ्ज रंगशालामा लक्ष्मीकान्त उपस्थित थिए । ‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पु¥याइरहेको छ,’ लक्ष्मीकान्तको प्रतिक्रिया थियो, ‘आफैंले संकलन गरेको गीत यसरी भब्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ ।’

No description available.

यसरी दुई वटा म्यूजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतिका रुपमा ‘आँगनैभरि हिउँ नै झरे’ गीत सुनाएको थियो । नेपथ्य ब्याण्डकै यो पहिलो सिर्जना यसअघि गत साता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रुपमा प्रस्तुत भएको थियो । स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो ।

गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउने गरी तस्बिरहरुको संयोजन गरिएको थियो । यसरी दश वर्षको अन्तरालपछि नेपथ्य नेपालगञ्जमा दोश्रोपटक प्रस्तुत भएको छ । अघिल्लोपटक ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सन् २०१२ मा यहाँ आएको थियो । त्यतिबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपाला पहिलोपटक नेपालगञ्जका दर्शकहरुमाझ खुला आकाशमुनि बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ । बिराटनगर, वीरगञ्ज, हेटौंडा र चितवनपछि यो यसपटकको श्रृंखलामा पाँचौ प्रस्तुति थियो ।

अघिल्ला कन्सर्टहरु जस्तै यसमा पनि मैदान भरिएका दर्शकहरुको उत्साहपूर्ण भब्य उपस्थिति देखिन्थ्यो । बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोश्रो गीतका रुपमा ‘भेँडाको ऊन जस्तो’ प्रस्तुत ग¥यो । त्यतिबेला सधैंजस्तै नेपालगञ्जमा पनि इफेक्टको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइएको थियो । कार्यक्रम अघि बढ्दै जाने क्रममा टोलीले ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो ।

No description available.

त्यसपछि भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे । ‘संगीत सँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले थपे, ‘हिमाल, पहाड र मधेसदेखि नेपालगञ्जमा जम्मा भई यो ठाउँ गुलजार बनाइदिने तपाईंहरु सबैलाई धन्यवाद ।’ त्यसपछि उनले सुरु गरेः ‘खान्न म त लामपाते सुरती लाउँ कि नलाउँ जुग जाने पिरती’ त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए ।

‘जोमसोम छेउँमा डोल्पा छ, डोल्पायता जुम्ला र कैलाश मानसरोवर देखिने हुम्ला झनै राम्रो, मुगु राराको झन् के कुरा ?’ अमृतले नेपालगञ्जकै मास्तिर रहेका भेगको सुन्दरताबारे उल्लेख गर्दै थपे, ‘भाग्यले जन्म लिएको यस्तो देशमा सबैले घुमौं है ।’ संसारभरिका मानिस घुम्न आउने यो मुलुकमा हामीहरुले झनै स्वदेश घुम्नुपर्ने सल्लाह दिँदै उनले भने– ‘खाएको कुरा हराएर जान्छ, देखेको सम्झना कहिल्यै मेटिँदैन ।’

त्यसपछि अमृतले धौलागिरीतिर तयार पारिएको गीत सुनाएः ‘शिरफूल शिरैमा वनफूल वनैमा हिउँको फूल धौलागिरीमा’ अमृतले नेपालगञ्ज आएको बेला धम्बोजी चोकैमा गाडाका गाडा मानिसहरु भारततिर गइरहेको दृश्य देखेको सुनाउँदै उहिलेदेखिको लाहुरे परम्परा सम्झे र त्यसैसँग जोडिएको गीत ‘नैना ताल’ सुनाए । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

No description available.

यसै क्रममा ब्याण्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठभागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो । ‘यहाँ भन्दा माथि कर्णालीमा हाम्रै दाजुभाई सिटामोल नपाएर मनुपर्ने अवस्था छ भने तल यी सहर बजारका सडकमा आश्रितहरुको बिजोग देख्नुपर्छ,’ गायक अमृत भनिरहेका थिए, ‘सडक आश्रित मुक्त मुलुक बनाउने मानव सेवा आश्रमको प्रयासमा सबैले सघाइदिउँ है।’ गुरुङले मंगलबार मात्रै  ‘मानव सेवा आश्रम’को नेपालगञ्जस्थित शाखा कार्यालय भ्रमण गरेका थिए । त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भई आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए ।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा नेपालगञ्ज रंगशालामा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः ‘समाजलाई फेर्छु भन्नेहरु आफैं फेरिएको देख्दा हामी तीनछक परेका छौं । देश बनाउन अब हामी नै एकजुट बनौं है ।’ धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँ जस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।

No description available.

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो श्रृंखलावद्ध कन्सर्टले नेपालगञ्जमा लगातार पाँचौं सफलता पाएकोमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘नेपालगञ्जमा सडकमा आश्रित आमाबुवाहरुलाई व्यवस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौं ।’

हाल सुर्खेत रोडमा शाखा कार्यालय रहेकामा अब भने आश्रमले नेपालगञ्जकै दानमा प्राप्त जग्गामा आफ्नै भवन बनाउने योजना लिएको छ । नेपालगञ्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक र दुई वटा बस मार्फत् आज धनगढीतर्फ प्रस्थान गर्दैछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘धनगढी रंगशाला’मा नेपथ्य पुस ३ गते आइतबार प्रस्तुत हुँदैछ ।


प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP