prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनलाई ब्रेकअप लगाएर ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री!
गठबन्धनलाई ब्रेकअप लगाएर ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री!
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ८, २०७९ बागेश्वरी पोस्ट
गठबन्धनलाई ब्रेकअप लगाएर ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री!
फाइल फोटो

nepalgunj 081-082
नेपालगन्ज ।  नेपाली कांग्रेससँग पाँच वर्षे सरकारको आधा आधा कार्यकालको शुरुको प्रधानमन्त्री माग गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै समर्थन र प्रस्तावमा प्रधानमन्त्री बनाउने प्रयास थालिएको छ । 
 
 
एमाले र माओवादीका नेताहरुले ओली र प्रचण्डलाई छुट्टै भेट गराएर यो विषयलाई औपचारिकता दिने प्रयास थालिएको स्रोतको दाबी छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेर चुनौती दिएको छ । 
 
बिहीबार मात्रै ओली र प्रचण्डबीच शीतलनिवासमा कुराकानी भएको थियो । सो विषयलाई लिएर प्रचण्डले पदाधिकारीको बैठकमा ओलीले मिलेर जाऔँ भन्ने प्रस्ताव गरेको बताएका थिए ।
 
‘तपाईं हामी मिलेर जाऔँ भने’, ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले पदाधिकारी बैठकमा भनेका थिए । उता एमाले भने जसरी पनि गठबन्धन भत्काउनुपर्छ भनेर लागिरहेका छन् । 
 
नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । ओली निवासमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्दै  जसरी पनि गठबन्धन भत्काउने र सरकार बनाउने विषयमा संवाद गर्ने निर्णय गरेको हो । 
 
नेकपा विघटन भएपछि एकले अर्कोलाई तल्लो तहसम्म  झरेर लगाउने आरोप, गालीगलौज गरेका कारण यी दुई नेताहरु आपसमा बोलचाल नै बन्द गरेर बसेका थिए । 
 
तर दुवैले अहिले आत्मसमीक्षा गर्ने भन्दै एक अर्कासँग नजिक हुन खोजिरहेका छन् । निर्वाचन सकिए लगत्तै सरकार बनाउने र त्यसबारेमा आन्तरिक तयारीमा जुटेका गठबन्धन दलहरुले माओवादीकै नेतृत्वमा सरकार बन्छ भनेर भन्न सकेका छैनन् ।  
 
संसदमा ३२ सिट जितेको माओवादी केन्द्र सरकार बनाउनका लागि आवश्यक ‘विचौलिया’को भूमिकामा देखिएको छ । जसले गर्दा कांग्रेस र एमाले दुवै पार्टीले आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका छन् । 
 
जसअन्तर्गत अहिले एमालेसँगको संवाद निकै अघि बढेको जानकार स्रोतको दाबी छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेपछि माओवादी केही हदसम्म कांग्रेससँग शंका गरिरहेको भए पनि गठबन्धन छाडिहाल्छु भन्न सकेको छैन । सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई त्यसको ब्याचका रुपमा अहिले आफूले प्रधानमन्त्री पाउने भन्दै बार्गेनिङ गरेको र त्यो नपाए अहिलेबाटै गठबन्धनमा ब्रेक अप ल्याउने एकसरो चुनौती दिएको स्रोतको दाबी छ ।
 
 ‘माओवादी केन्द्रले निर्वाचपछि बन्ने सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्न पाउनु पर्ने माग गरेको छ । तर त्यस्तो माहोल बनेको मैले बुझेको छैन’, बिहीबारको पदाधिकारी बैठकपछि माओवादीका एक पदाधिकारीले भने । 
 
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले आधा कार्यकालको शुरुमै प्रधानमन्त्री पाउनुपर्ने प्रस्ताव गरिसकेका छन् । 
 
देउवाले कांग्रेस संसदीय दलको नेता चयन भएपछि मात्रै त्यस विषयमा छलफल गर्ने भनेका थिए । बुधबार साँझ  र बिहीबार दुई नेताहरुबीच छलफल भए पनि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेकाले प्रचण्ड झन् सशंकित बनेर एमालेसँग लहसिएका छन् । 
 
प्रचण्डले विहिबार पनि आफ्ना पार्टीका नेताहरुसँग आधा कार्यकालको शुरुको चरणमा आफू प्रधानमन्त्री हुनेमा शंका रहेको अभिव्यक्ति व्यक्त गरेका थिए । 
 
अन्य दलका नेताहरुसँग पनि प्रचण्डले प्रधानमन्त्रीको विषयमा अहिले कुनै पनि कुराको टुंगो लागिनसकेको बताएर आफू प्रधानमन्त्री बन्नेमा आशंका व्यक्त गरिरहेका छन् । 
 
प्रचण्डले यस्तो दोधारे मनिस्थितिले खुमलटार–बालवाटार गर्दा त्यसको फाइदा एमालेले उठाउने अवस्था आएको जानकारहरु दाबी गर्छन् । हाम्राकुराबाट


प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०८:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP