prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मोटाउँदै नेता, दुब्लाउँदै दल
मोटाउँदै नेता, दुब्लाउँदै दल
banijya office
बागेश्वरी पोस्ट
शनिबार, पुस ९, २०७९ बागेश्वरी पोस्ट
मोटाउँदै नेता, दुब्लाउँदै दल

केदार सुवेदी / नेपालगन्ज । आम निर्वाचन २०७९ बाट १२ ओटा दल संसदमा आए । यी मध्ये दुईवटा एक एक सिट बाहेकका दश ओटै दलले गएको हप्ता आफ्नो संसदीय दलको नेता छाने । त्यसमा एउटा बाहेक सबै दलका प्रमुख नै निर्विरोध नेता भए । उनका विरुद्ध प्रतिस्पर्धाका लागि यी दलभित्र  कतै चाइँचुइँ पनि भएन । 

nepalgunj 081-082

पार्टी अध्यक्ष संसदीय दलको नेता नभएको त्यो एउटा दल पनि आफू चुनावमा हारेका कारण अरुलाई यो नेता पद हस्तान्तरण गर्न वाध्य भएका हुन्  । यसरी अध्यक्ष निर्विरोध नेता छानिनेमा राष्ट्रिय मान्यता पाए नपाएका सबै पर्छन् । यो चुनावमा सात ओटा दलले मात्र त्यस्तो मान्यता पाएका थिए । जस मध्ये चार ओटा दल पुराना हुन् । 

संयोग कस्तो देखियो भने पुराना यी चार वटै दलका आकार अघिल्लो चुनावको तुलनामा पछिल्लो चुनावमा घट्यो । यो पटक राष्ट्रिय मान्यता नपाएका मध्ये एउटा दल पुरानो हो जो अघिल्लो निर्वाचनमा त्यस्तो मान्यता पाएकामध्ये एउटा थियो । अघिल्लमे निर्वाचनमा पाँचौं दलको स्थानमा रहेको योदल अहिले नवौंमा पुगेको छ । त्यसले पनि यो पटक आफ्नो अध्यक्षलाई नै सांसदीय दलको नेतामा निर्विरोध छानेर थप शक्ति दियो ।

पुराना मध्येका यी चार ओटै दल यो चुनावमा अघिल्लो पटकको भन्दा कम मत ल्याउनेमा पर्छन् । यो भनेको दल दब्लाउँदै गएको अवस्था हो तर यता यिनका नेता भने त्यो दलभित्र झन् बढी शक्तिशाली भए । अवस्था कुन हदसम्म देखियो भने एउटा दल नेपाली कांग्रेस बाहेक सम्बन्धित दलका प्रमुखलाई कसैले सामान्यरुपको पनि चुनौती दिन नै नसक्ने स्थिति रहेछ । निर्वाचित भएका नयाँ पुराना सबै दलमा कांग्रेस बाहेक सब दलका अध्यक्ष नेतामा निर्विरोध भए । 

कांग्रेसमा चुनाव त भयो तर पार्टी सभापतिले नै दलको नेतामा ७२ प्रतिशत हुने गरी मत ल्याए । यो भनेको आफ्नो दलभित्र दुई तिहाई भन्दा बढी मत हो । एमाले र माओवादीले त शतप्रतिशत (निर्विरोध) मत पाएर तिनका अध्यक्ष नेतामा विजयी भए । यो भनेको आफ्नो दलभित्र यी अध्यक्षहरु थप शक्तिशाली हुनु हो । 

एमाले र माओवादीका नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यी दुई पार्टीका अघिल्लो वर्षको मंसिर पुसमा सम्पन्न महाधिवेशनबाट निर्विकल्परुपको शक्तिशाली नेता बनेका हुन् । त्यसबेला केन्द्रीय कमिटी देखिका सबै पद यी नेताले आफैँले छानेका थिए । 

अहिले संसदीय दलको नेतामा पनि त्यस्तै भयो । उनीहरुविरुद्ध उम्मेदवारी परेन मात्र होइन यसबारे कसैले चाइँचुइसम्म गरेनन् । अर्थात् उनीहरुमा शक्ति थपिँदै गयो । यता उनीहरुको नेतृत्वमा सम्पन्न निर्वाचनमा भने उनका दलको ठूलो हार भयो । 

बलिया बन्दै देउवा 

पछिल्ला दिन नेपाली कांग्रेसका सभापति देउवा चर्चामा आए । कारण हो पुसको पहिलो हप्ता भएको संसदीय दलको नेतामा भारी मतान्तरले निर्वाचित हुनु । यो निर्वाचनले उनको शक्ति धेरै बढायो । पार्टी महामन्त्री गगनकुमार थापासँगको प्रतिस्पर्धामा ८९ मतदातामध्ये देउवाले ६४ र थापाले २५ मत पाए । 

पार्टीको संसदीय दलको नेतामा यो मतान्तरले निर्वाचित भएसँगै देउवा पार्टीभित्र मात्र होइन समग्र देशको राजनीतिमा झन् शक्तिशाली अर्थात् झन् मोटा भए । यसअघि उनी पटकपटक संसदीय दलको नेता निर्वाचित भएका थिए । देउवाको २६ भदौ ०५२ मा पहिलोपटक, ७ साउन ०५८ मा दोस्रोपटक, २१ जेठ ०६१ मा तेस्रोपटक, २३ जेठ ०७४ मा चौथोपटक र २९ असार ०७८ मा पाँचौँपटक प्रधानमन्त्री भएको इतिहास छ । 

यो पटक संसदीय दलमा ७१.९१ प्रतिशत सांसद आफ्नो पक्षमा उभिएको देखाएका देउवासँग केन्द्रीय कार्यसमितिमा पनि ठूलो शक्ति छ । केन्द्रीय समितिमा उनको पक्षमा ८२.२७ प्रतिशत सदस्य छन् । अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ । 

०५८ मा देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा हुँदा देउवाले ६४ प्रतिशत मत ल्याएर जितेका थिए । ०७४ मा देउवा र प्रकाशमान सिंह आमनेसामने भएका थिए । त्यसवेला देउवा ६९ प्रतिशत मत ल्याएर संसदीय दलको नेता चुनिएका थिए । यसपटक संसदीय दलमा देउवाको पक्षमा हालसम्मकै बढी ७१.९१ प्रतिशत मत आयो । एक वर्षअघि भएको १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पाटी सभापति बनेका थिए । 

मतको हिसाब 

देउवा यसरी आफ्नो दलमा झन्झन् बलिया हुँदै जाँदा उनको दलको आकार भने मतको हिसाबमा घटेको देखियो । दोस्रो ठूलो दल एमालेको पनि अवस्था त्यस्तै छ ।

पूर्व न्यायाधीश बलराम केसीका अनुसार यतिबेला शक्ति थपिएका ठूला दलका नेता शेरबहादुर देउवा र केपी शर्मा ओली जनमतको ठूलो प्रतिशतबाट पराजित भएका व्यक्ति हुन् । खासगरी प्रत्यक्षतर्फ यी दलले पाएको मतमा त्यस्तो पराजय प्रकट भएको हो । 

संविधानले प्रत्यक्षतर्फ १६५ सिट छुट्याएको छ । यो संख्या जितहारको हिसाबको आधार  हुन सक्दछ । एमाले अध्यक्ष ओलीले त प्रत्यक्षतर्फको यो १६५ सिटमध्ये मिडियामा १०० सिट जित्ने ठोकुवा गरेका थिए । यो पक्षबाट हेरियो भने उनको पराजयको प्रतिशत धेरै माथि हुन्छ । त्यसमध्ये एमालेले पाएको ४४ सिटको मात्रै हिसाब हुँदा ओलीको हारको भार ७५ प्रतिशत हुन्छ । यसो भनेको देशको यो प्रतिशतको जनसंख्याले ओलीको नेतृत्वलाई रुचाएन । 

कांग्रेसका सभापतिको अवस्था पनि त्यस्तै छ । यद्यपि यो दलले प्रत्यक्षतर्फ १६५ मध्ये ५७ सिट जितेको छ । यो भनेको कांग्रेसले करिव  ६५ प्रतिशतले हारेको हो । आफनो दलमा ७२ प्रतिशतले जितेका देउवा देशका वयस्क जनता माझ भने यति ठूलो प्रतिशतले हारेको हिसाब आउँछ । 

प्रत्यक्षतर्फ १६५ मध्ये १८ सिट पाएको माओवादीका नेता प्रचण्डको त कति प्रतिशतको हार हो भन्ने हिसाब नगर्दा पनि भयो । 

पराजयको उल्लेखित प्रतिशतको यो हिसाबले सम्बन्धित दलको हैसियत अर्थात् आकारप्रकार यस रुपले घटेको बुझाउँछ । तर उता सम्बन्धित दलका यिनै नेतामा झन् ठूलो शक्ति गयो । ओली प्रचण्ड निर्विरोध नै नेता भए भने देउवा पनि धेरै ठूलो प्रतिशतको मत पाएर यस अघिको अवस्थाबाट झनै मोटाए  । 

दुई चुनावको तुलना 

पार्टी अध्यक्षमाथि संसदीय दलको नेता समेतको पद थपिएर झन मोटाएका यी नेताको नेतृत्वमा सम्पन्न चुनावमा दलको अवस्था कस्तो रह्यो भन्ने अघिल्लो र हालैका दुई चुनावका परिणाम हेरे पुग्छ । 

एमालेः मङ्सिर ४ मा सम्पन्न आम निर्वाचन २०७९ को समानुपातिकतर्फको कूल मत १ करोड ५ लाख ६० हजार ८२ थियो । यो संख्याबाट नै समानुपातिक तर्फका मत बाँडफाँट भएका हुन् । 

निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा राखेको समानुपातिक  नतिजा अनुसार यो चुनावमा सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । तर अघिल्लो पटक भन्दा घटेको छ । यो चुनावमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षतर्फ अघिल्लो वर्ष ८० सिट जितेको उसले यो पटक ४४ सिटमात्रै पायो । समानुपातिकतर्फ पाएको मतका आधारमा समेत उसका प्रतिनिधि सभाका सांसद संख्या ७८ पुगेका हुन् । २०७४ को निर्वाचनमा यो दलले ३१ लाख ७३ हजार ४९४ मत ल्याएर ४१ सिट पाएको थियो । अघिल्लो निर्वाचनमा पाएको मतको तुलनामा यो पटक एमालेको ३ लाख २७ हजार ८५३ मत कम आयो जसले उसलाई समानुपातिकमा ३४ सिटमात्र दिलायो । अघिल्लो चुनावमा प्राप्त भएको १२१ सिट संख्याबाट यो पटक ४३ सिट घटेको छ । 

यो दलले आफनो चुनावी अभियानमा विगतका भन्दा छ लाख बढी मत ल्याउने घोषणा गरेको थियो । यसको घोषणामा प्रत्यक्षतर्फ १०० र समानुपातिक तर्फ ५० सिट ल्याउने भनिएकोमा ४४ र ३४ मात्रै पायो भने कति सिट घटेछ हिसाब गरौं । 

यता यति धेरै सिट गुमाएको नेतृत्वलाई नै पदमाथि पद थप्ने काम भयो । यसका नेता ओली अध्यक्ष त छँदैथिए त्यसमाथि संसदीय दलको नेतामा पनि निर्विरोध भए । अर्थात् अध्यक्ष मोटाए दल चाहिँ दुब्लायो । दलले सिट गुमायो नेतृत्वको चाहिँ बढोत्तरी भयो ।

कांग्रेसः संसदमा पहिलो दल बनेको नेपाली कांग्रेसमा भने स्थिति अलिकति भिन्न छ । यो निर्वाचनमा यो दलले प्रत्यक्षतर्फ ५७ सिट पायो । अघिल्लो निर्वाचनमा यसले २३ सिट जितेको थियो । त्यसको तुलनामा यो पटक ३४ सिट बढी ल्याएको हो । तर यता कांग्रेसको पनि यो निर्वाचनमा समानुपातिकतर्फको लोकप्रिय मत चार लाख भन्दा बढीले घट्न गयो भने समानुपातिकमा आठ ओटा सिट गुमे । यो पटक कांग्रसेले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो । तर अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत पाएकोमा यो पटक पहिलाको तुलनामा ४ लाख १३ हजार १६४ मत कम पायो । 

त्यति मात्रै होइन यो निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने हैसियत गुमाएको दलको रुपमा परिचित भयो । प्रत्यक्षतर्फ १६५ सिटमध्ये यो दलले जम्मा ९१ क्षेत्रमा मात्र आफ्ना उम्मेदवार खडा गराएको थियो । यो सबै संख्या जितेको भए पनि उसले बहुमत पाउने थिएन । 

यो निर्वाचन सम्पन्न हुँदा यसका सभापति देउवाको सभापतित्वको कार्यकाल दोस्रो र संसदीय दलको नेतामा छानिएको पाँचौँपटक थियो । यस्तो बेला या नेतृत्वमा चुनाव हुँदा यो दलले बहुमतसमेत माग्न नसक्ने अवस्थामा आइपुग्यो । 

दलको हैसियत यता यस्तो अवस्था प्रकट भैरहँदा उता उनै सभापतिमाथि संसदीय दलको नेताको पद पनि थपियो ।  

माओवादीः माओवादी केन्द्र यो निर्वाचनमा तेस्रो दलको हैसियतमा रहेको छ । तर विगतको भन्दा २१ वटा सिट गुमाएर । यसका अध्यक्ष प्रचण्ड दलको संसदीय नेतामा निर्विरोध छानिए। अघिल्लो वर्षको पुसमा उनी यसरी नै निर्विरोध अध्यक्ष छानिएका थिए । 

उनको नेतृत्वमा सम्पन्न यो चुनावमा यो दलको लोकप्रिय मत घटेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादीले यो पटक समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत पायो । समानुपातिकमा पाएको मत अनुसार माओवादीले यो पटक समानुपातिकबाट १४ सिट पाएको छ । अघिल्लो निर्वाचनमा यो प्रणाली अन्तर्गत यो दलले २० सिट पाएको थियो । यो  प्रत्यक्ष र समानुपातिकतर्फ गरी माओवादीका प्रतिनिधि सभाका सांसदको संख्या  ३२ रहेको छ । अघिल्लो निर्वाचनमा यो दलको सिट संख्या ५३ थियो । 

अघिल्लो निर्वाचनमा १७ सिट ल्याएको जसपाले यो पटक  प्रत्यक्षमा ७ र समानुपातिक ५ सहित १२ सिटसहित छैँटौँ दल बन्यो । अघिल्लो निर्वाचनमा यसको सिट संख्या १७ थियो । यो दलका अध्यक्षले भने यो पटक चुनाव हारे । 

पहिले १६ ओटा सिटको धनी लोसपा यो पटक चार सिटमा झरेको छ । यसले राष्ट्रिय मान्यता पनि पाएन । तर यसका अध्यक्ष आफ्नो दलको नेतामा निर्विरोध छानिएर बलिया नेता बन्न गए । हाम्राकुरा


प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १२:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP