prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धन तोडाएर मात्र माओवादीसँग वार्तामा बस्ने एमालेको सन्देश
गठबन्धन तोडाएर मात्र माओवादीसँग वार्तामा बस्ने एमालेको सन्देश
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १०, २०७९ बागेश्वरी पोस्ट
गठबन्धन तोडाएर मात्र माओवादीसँग वार्तामा बस्ने एमालेको सन्देश

काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्य टाढा हुँदै गएको महसुस गर्दै गएको माओवादी केन्द्रलाई नेकपा एमालेले गठबन्धन कायम राखेर वार्ताको टेबुलमा बस्न नसक्ने सन्देश दिएको छ । 

शनिबार मध्यराति भएको एमाले र माओवादीका नेताहरुको छलफलमा गठबन्धन तोडेको घोषणा गरेर आएमा सबै प्रकारका विषयमा छलफल गर्ने तर गठबन्धन तोडेर आउने पूर्व शर्त राखेपछि रातिको बैठक अघि बढेको छैन । 

‘राती हामीसँग कुराकानी भएको छ हामीले भनेका छौं गठबन्धन कायम राखेर एमालेले कुराकानी गर्दै कांगे्रस लगायतको सबै गठबन्धन टुटेको घोषणा गरेर बालकोट आउनुहोस् ओलीलाई मनाउने जिम्मा हाम्रो हो’, छलफलमा सहभागी एमालेका एक नेताले भने । शनिबार साँझ बालुवाटारको बैठक असफल भएपछि माओवादीका नेताहरुले एमालेका नेताहरुसँग सम्पर्क गरेका थिए । ‘बालुवाटारबाट हिँडेपछि नै भेटौँ भन्नु भएको थियो तर हामीले केही आन्तरिक छलफल छ ९ बजेतिर भेटौ भन्यौँ र एमालेको धारणा प्रष्ट राखेका छौं ' उहाँहरुले गठबन्धनमा सहभागी छैनौँ अब गठबन्धनबाट सरकार बन्दैन भनेर आए दोस्रो ठूलो दल एमाले हो सबै प्रकारका छलफलमा सहभागी हुनेछौँ’, एमालेका ती नेताले भने । 

नयाँ सरकार गठनका लागि भएका छलफलहरूमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद आफैँले राख्ने अडान झन् कसिलो बनाएपछि माओवादी केन्द्र अब यो गठबन्धनभित्र सहमति नबन्ने निष्कर्षमा पुगेको छ । पहिलो चरणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने अडानमा रहेका माओवादीका नेताहरू अहिले बस्ने बैठक निर्णायक वा अन्तिम बन्न सक्ने दाबी गरेका छन्। 

माओवादी अध्यक्ष अध्यक्ष प्रचण्ड निकट माओवादीका एक नेताका अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सहमति जुट्ने भन्दा असहमति झन् बढ्ने जस्तो देखिएको छ । 

ठूलो दलको नेतृत्वमा सरकार बन्ने भएमा एमालेले कांगे्रसलाई विश्वासको मत दिने संभावना रहेको छ । त्यसलाई ख्याल गरेर कांग्रेसले ठूलो दलको रुपमा अघि बढेको भन्दै माओवादीले बैठकमा असन्तुष्टि जनाएको थियो। 

तर कांग्रेसका नेताहरुले त्यसको प्रतिवाद गरे पनि माओवादीले पत्याएको छैन । नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको १० पुससम्म (आज साँझ ५ बजे) को समय घर्किन लाग्दा सत्ता गठबन्धनमा सहमति जुट्नुभन्दा असहमति झन् बढेको छ। 

संसदमा ३२ सिट लिएर बसेको माओवादीले बार्गेनिङ बढाउँदै जान थालेपछि शनिबार कांग्रेसका नेता पूर्णबहादुर खड्का र रामचन्द्र पौडेल प्रचण्ड निवास खुमलटार पुगे भने दिउँसो बालुवाटारमा गठबन्धनको बैठक राखेर माओवादीलाई सम्झाउने कोसिस हुँदा माओवादीका नेता वर्षमान पुनले शुरुको कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने नत्र गठबन्धन यही यही सकिएको घोषणा गरेका थिए । 

उनको सो भनाइपछि सहमति जुट्नुको साटो असहमति झन् बढ्ने अवस्था देखिएको थियो । उता एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गर्दै समय घर्किएको बताएका थिए । 

तर साँझ माओवादीका नेताहरुले सम्मानजनक सहकार्य गरौं  भन्दै प्रस्ताव गरेपछि एमालेका नेताहरु पनि छलफलमा सहभागी त भए गठबन्धन छाडेको घोषणा गरेमा मात्रै औपचारिक बैठक बसेर छलफल गर्ने शर्त अघि सारे । 

माओवादीका नेताहरुले यसअघि पनि एमालेका नेताहरुसँग अनौपचारिक सम्पर्क गरिरहेका थिए। वर्षमान पुन चीनबाट फर्केपछि यो क्रम झन् बढेको थियो । त्यतिमात्र होइन चिनियाँ दूतावासका डीसीएम वाङ सिनले प्रचण्डलाई भेट गरेपछि कांग्रेससँगको माओवादी सम्बन्धमा झन् बिग्रदै गएको थियो । 

‘गठबन्धनमा रहेका शेरबहादुर देउवाले नै त प्रचण्डलाई पहिला प्रधानमन्त्री हुन्न नभने पनि उहाँका नजिक रहेका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्री पदमा सम्झौता हुँदैन भनेपछि हामीले अर्को विकल्प खोज्नु परेको हो’, माओवादीका एक नेताले भने । 

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद नछाडेको अवस्थामा माओवादी यो गठबन्धनबाट बाहिरिएर एमालेसँग गठबन्धन गर्नेतिर लाग्नु स्वाभाविक भएको ती नेताको दाबी छ ।हाम्राकुरा।


प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP