Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'विपी विचार र दर्शन नेपाली राजनीतिका लागि सधैं अनुकरणीय'
'विपी विचार र दर्शन नेपाली राजनीतिका लागि सधैं अनुकरणीय'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस १६, २०७९ बागेश्वरी पोस्ट
'विपी विचार र दर्शन नेपाली राजनीतिका लागि सधैं अनुकरणीय'

नेपालगञ्ज । राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज ४७औं राष्ट्रिय एकता तथा मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

राष्ट्रियता जोगाउन कोइरालाले ४६ बर्षअघि गरेको उक्त निर्णय साहसीपूर्ण रहेको बक्ताहरुले उल्लेख गरे । अहिलेको सन्दर्भमा पार्टीभित्र आपसी मेलमिलाप बढाएर सुदृढ संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकतामाथि बक्ताहरुले जोड दिए । कोइरालालाई दुरदर्शी नेताको रुपमा चित्रण गर्दै बक्ताहरुले कम्युनिष्टहरुको अस्थिर र छेपारे प्रबृत्तिका कारण उतिबेलै विपीले कम्युनिष्टहरुसंग सहकार्य गर्न नहुने नीति अख्तियार गरेको र अहिले आएर त्यो प्रमाणित भएको बताए । 

नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले अहिलेको परिस्थितिमा पार्टीभित्र आन्तरिक मेलमिलाप जरुरी रहेको बताए । राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले विपी विचार र दर्शन नेपाली राजनीतिका लागि सधैं अनुकरणीय रहने बताए । 

विचार गोष्ठीमा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य टेकनारायण भुषाल लगायतले मेलमिलाप नीतिको सान्दर्भिकताबारे बोलेका थिए । पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेसका संस्थापक नेता वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा हरेक बर्ष पुष १६ गते मेलमिलाप दिवस मनाइन्छ ।


प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP