नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५३२ विद्यार्थी भए दिक्षित
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५३२ विद्यार्थी भए दिक्षित
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २२, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५३२ विद्यार्थी भए दिक्षित

नेपालगञ्ज । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बांँकेमा सि.सं. ४८ जुनियर डिभिजन एनसिसी तालिमको वार्षिक सामुहिक क्याम्प (दोश्रो चरण) का विद्यार्थीहरु दिक्षित भएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयमा आज आयोजित दिक्षान्त कवाज समारोहमा १४ जिल्लाका ५३२ जना विद्यार्थी दिक्षित भएका हुन् ।

विभिन्न १४  जिल्लाका १५ वटा विद्यालयका ५३२ जना विद्यार्थीहरु गएको पुष ७ गतेदेखि सहभागी भएका थिए ।  यस वर्षको पहिलो चरणको एनसिसी जुनियर डिभिजन तालिम मंसिर १८ गतेदेखि पुष ४ गतेसम्म चलेको थियो । उक्त तालिममा ५३७ जना विद्यार्थी सहभागी भई दिक्षित भइसकेका छन् । उक्त दिक्षान्त कवाज समारोहमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले दिक्षित विद्यार्थीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

No description available.

त्यसक्रममा उनले युवा वर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, वफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकता भावना, विकास तथा विपद् उद्दार कार्यमा दक्ष स्वयंसेवकका रुपमा अडिक रहन दिक्षित विद्यार्थीलाई सुझाव दिए । उनले अनुशासनले मात्रै राष्ट्रिय एकता कायम हुने बताए । उक्त तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ श्री नेपाल राष्ट्रिय मावि कपिलवस्तुका क्याडेट दिपेश कुमार थारु तथा सर्वोत्कृष्ट क्याडेट छात्रातर्फ श्री त्रिपुरा मावि डोल्पाका क्याडेट बिनिता श्रेष्ठ र बाजुरा जिल्लास्थित श्री क्रियटर जोन एकेडेमी से.मु. उत्कृष्ट हुन सफल भएका थिए ।

उत्कृष्ट विद्यार्थीलाई नेपाली सेनाका बलाधिकृत रथी राणाले पुरष्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । दिक्षान्त कवाज समारोहमा श्री उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी हिरालाल जोशी, श्री नं ४ बाहिनी अड्डाका बाहिनीपति उत्तम कुमार विष्ट, कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, तालिम केन्द्र नेपालगन्जका एसएसपी चक्रबहादुर बम, नेपालगन्जका उद्यमी मख्खन धामी, विएफविएस गोर्खाज रेडियोका संवाददाता प्रियास्मृति ढकालसहित अन्य सुरक्षा निकायका प्रमुख, बांँके जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

दिक्षित भएर जानु अघि हिजो साँझ विद्यार्थीहरुले आआफ्नो भेषभुषा, भाषा संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

No description available.


प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP