Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • देशभरका सात वटै प्रदेशले पायो मुख्यमन्त्री
देशभरका सात वटै प्रदेशले पायो मुख्यमन्त्री
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २८, २०७९ बागेश्वरी पोस्ट
देशभरका सात वटै प्रदेशले पायो मुख्यमन्त्री

नेपालगन्ज । देशभरका सात वटै प्रदेशबाट मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्रीहरुमा नेकपा एमालेका सबैभन्दा बढी रहेका छन् । एमालेबाट छ जना र जनता समाजबादी पार्टी (जसपा ) बाट एक जना  मुख्यमन्त्री बनेका छन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसंगै अब सबै प्रदेशमा सरकार गठन सुरु भएको छ ।

नेकपा एमालेबाट प्रदेश नं १ मा हिक्मतकुमार कार्की मुख्यमन्त्री भएका छन् । प्रदेश नं १ मा ६० जना सांसदको समर्थनमा कार्की गत आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

९३ सदस्यीय प्रदेससभामा बहुमतका लागि ४७ मत आवश्यक भएकोमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना सांसदले कार्कीलाई समर्थन गरेका छन् ।

त्यस्तै वाग्मती प्रदेशमा माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री भएका छन् । जम्मकट्टेल माओवादी केन्द्रका २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री भएका छन् । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एकजना स्वतन्त्रसहित ३३ सांसदको समर्थन छ । यो प्रदेशमा ६० सांसद छन् ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

यादवलाई यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ । यहाँ जम्मा १०७ जना सांसद छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री भएका छन् । उनलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र २ जना स्वतन्त्र सांसदहरूले समर्थन दिएका छन् । लुम्बिनी  प्रदेशमा ८७ जना सांसद छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री भएका छन् । रावल समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । ५३ जना सांसद भएको यो प्रदेशमा रावललाई एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा १ जना गरी २९ सांसदले समर्थन दिएका छन् ।

त्यस्तै कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री भएका छन् । उनलाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् । उनी रूकुम पश्चिमबाट प्रदेशसभामा चुनिएका हुन् । यहाँ सत्ता साझेदार माओवादी र एमालेबीच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै मन्त्रमण्डल विस्तारको तयारी हुँदैछ ।

 

 

 

 

 


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP