नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डपछि वामदेवपनि ओलीसँग असन्तुष्ट
प्रचण्डपछि वामदेवपनि ओलीसँग असन्तुष्ट
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ४, २०७६ बागेश्वरी पोस्ट
प्रचण्डपछि वामदेवपनि ओलीसँग असन्तुष्ट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति सन्तुलनबारे नयाँ विवाद सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अधिकारविहीन बनाएको भन्दै दाहाल ओलीसँग रुष्ट छन् ।

पार्टी एकता गर्दा ताका नै अध्यक्षद्धय ओली र दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे भद्र सहमति भएको थियो । तर, उक्त सहमतिलाई गोप्य राखिएको थियो । उक्त सहमतिअनुसार ओलीले अढाई वर्ष र प्रचण्डले अर्को अढाई वर्ष सरकारको नेतृत्व गर्ने भनिएको छ । ओलीले सरकारको नेतृत्व गरेको करिब २२ महिना भैसकेको छ । तर, ओलीले सजिलै सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिने छाँटकाँट देखाएका छैनन् । त्यही भएर प्रचण्डलाई छट्पटी भैरहेको छ । सार्वजनिक कार्यक्रममै प्रचण्डले बेला बेलामा ओलीलाई घुर्काउने गरेका छन् ।

पछिल्लो समय ओलीले प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले आफूले त्यति सजिलै सरकारको नेतृत्व प्रचण्डलाई नसुम्पिने आशयको अभिव्यक्ति
दिएका छन् । यो सँगै प्रचण्ड झनै ओलीसँग रुष्ट बनेका छन् । हिजोमात्रै पनि ओलीलाई बालुवाटारमै पुगेर प्रचण्डले आफ्नो असन्तुष्टि पोखे । उनीहरुबीच करिब तीन घण्टा छलफल भएको थियो ।

उता, सचिवालय सदस्य वामदेव गौतम पनि अध्यक्ष ओलीसँग रुष्ट छन् । सरकार गठन भएदेखि ओलीसँग रुष्ट रहँदै आएका नेता गौतमलाई पछिल्लो समय ओलीले पार्टीमा विशेष भूमिका दिएर आफ्नो समूहमा ल्याउने कसरत गरेका छन् । गौतमलाई पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारीमात्रै दिएका छैनन् उपाध्यक्षमा पनि नाम सिफारिश गरेका छन् ।

ओलीले महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेसँगै हौसिएका वामदेव पनि पछिल्लो समय ओलीसँग रुष्ट छन् । उपाध्यक्षमा नाम सिफारिश गरेर ओलीले आफूलाई अलमल्याउन खोजेको वामदेवको निश्कर्ष छ । उपाध्यक्षमा नाम अनुमोदन गर्नको लागि पहिले पार्टीको स्थायी समितिको बैठक बस्नुपर्छ । स्थायी समितिले नाम अनुमोदन गरेरमात्रै हुँदैन, त्यसपछि केन्द्रिय कार्यसमितिबाट प्रस्तावित नाम अनुमोदन गर्नुपर्नेहुन्छ । तर, ओलीले पार्टीका महत्वपूर्ण बैठकहरु बोलाउनको लागि आनाकानी गरिरहेका छन् । यही विचमा नेता गौतमले पनि प्रधानमन्त्री ओलीलाईभन्दा पनि अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्तालाई बढावा दिएका छन् । reportersnepal


प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP