नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकारहरुले गलत कुराको खबरदारी गर्नुपर्छ: कांग्रेस सभापति पुन
पत्रकारहरुले गलत कुराको खबरदारी गर्नुपर्छ: कांग्रेस सभापति पुन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ५, २०७९ बागेश्वरी पोस्ट
पत्रकारहरुले गलत कुराको खबरदारी गर्नुपर्छ: कांग्रेस सभापति पुन

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पत्रकारहरुले गलत कुरालाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रथम अधिवेशनको आज दाङको घोराहीमा उद्घाटन गर्दै पुनले पत्रकारहरु नैतिकवान बन्न सके मात्र गलत कुराहरुको भण्डाफोर गर्न सक्ने बताए ।

उनले राम्रो कामको सराहना गर्दै गलत प्रवृत्ति विरुद्ध आवाज बुलन्द गर्न सक्नुपर्नेमा जोड दिए । पुनले प्रेस युनियनले चुनावी अंकगणित तल-माथि पार्न मात्र जथाभावी सदस्यता वितरण गर्ने काम गर्दा पत्रकारिताको गरिमामा आँच आउनेतर्फ सचेत बनाए ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले हेटौंडा महाधिवेशनले दिएको म्यान्डेटलाई तल-माथि नगरेर प्रदेश  अधिवेशन गरिरहेको उल्लेख गर्दै संगठन विधि बिधान अनुसार नै चलाउने दृढता ब्यक्त गरे । उनले प्रेस युनियन सम्बद्ध पत्रकारहरुको क्षमता-दक्षता अभिवृद्धि गर्न यसै आर्थिक वर्षभित्र मुलुकभर ७३ वटा तालिम संचालन गर्ने तयारीमा रहेको बताए । उनले पत्रकारहरुले आफ्नो व्यवसायिक कर्म र धर्ममा कुनै 'कम्प्रमाइज' नगरेर काम गर्नुपर्ने बताए ।

अधिवेशन उद्घाटन  सत्रमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा, उपाध्यक्ष दीपेन्द्र वान्तवा, महासचिव दिलिप पौडेल, कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेशसभा सदस्य राजु खनाल, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेपाली कांग्रेस रोल्पाकी उपसभापति कविता उपाध्याय, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, नेपाल पत्रकार महासंघका पूर्व सचिव रामजी दाहाल, नेपाल ट्रेड युनियन कांग्रेसका युबराज बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष एवं अधिवेशन आयोजक संयोजक माधव अर्यालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा स्वागत मन्तव्य प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले गरेका थिए । त्यसक्रममा लुम्बिनी प्रदेशबाट यसअघि केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गरेका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।



 


प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP