prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरीमा दाजुको उजुरी- घाटबाटै प्रहरीले उठायो बहिनीको शब
प्रहरीमा दाजुको उजुरी- घाटबाटै प्रहरीले उठायो बहिनीको शब
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २, २०७६ बागेश्वरी पोस्ट
प्रहरीमा दाजुको उजुरी- घाटबाटै प्रहरीले उठायो बहिनीको शब

विराटनगर । प्रहरीले जलाउने तयारीमा रहेको एक महिलाको शब घाटबाटै नियन्त्रणमा लिएको छ।

प्रसङ्ग हो-विराटनगर ८ सिंघिया घाटको ।

विराटनगर महानगरपालिका ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । शवको घाटीमा चोट देखिएपछि प्रहरीले महिलाका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रेमदेवीको मृत्युका खबर बिहान साढे ५ बजे उनका माइती पक्षलाई पुगेको थियो । बराहक्षेत्र नगरपालिका ४ कालाबञ्जार घर भएका दाजु राजु साहले बिहानी निस्किए ।

घाट लैजाने तयारी गर्दै गर्दा बहिनीको घाँटीमा डाम देखिएपछि प्रहरीलाई खबर गरेको उनले बताए । उनका अनुसार प्रेमदेवीको परिवार हतार हतार केही छिमेकी र आफन्त शव लिएर विश्वकर्मा चोक पूर्व रहेको सिंघिया घाटतर्फ लागेका थिए । शव जलाउनका लागि उनीहरुले चिता पनि तयार पारे ।

शंकास्पद मृत्यु भएको सूचना आएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायव निरिक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरक्षक रामबहादुर ढकाल नेत्रृत्वमा टोली घटनास्थल पुगेको थियो । टोलीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठायो ।

मृतक महिलाको घाँटीमा डाम देखिएको र मृत्युबारे श्रीमानको जवाफ पनि शंकास्पद पाइएकाले मृतकका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रंमुख एसपी विश्व अधिकारीले बताए । बहिनीको घाटीमा शंकास्पद चोट देखिएपछि सोधीखोजी गर्दा जवाफ नपाएपछि प्रहरीलाई खबर गरेको मृतकका दाजु राजु साहले बताए ।

घरमा बहिनीलाई हेला गर्ने गरेको बताउँदै उनले घाटीमा चोट देखिएकाले अनुसन्धान हुनुपर्ने बताए । ‘बहिनी बिरामी थिइन्, माइतबाट १५ दिन अघि मात्र घर आएकी हुन् ।’ उनले भने ‘आज एक्कासी मृत्युको खबर आयो ।’ मृतक महिलाको १२ वर्षअघि विराटनगर ८ बलुवाहीका गोविन्द साहसँग भएको थियो ।

प्रेमदेवीका श्रीमान गोबिन्द साहले घाटीमा देखिएको चोट पुरानो भएको बताएका छन् । करिब पाँच महिनाअघि आत्महत्या प्रयास गर्दा आफूले बचाएको बताउँदै उनले त्यतिबेला नै घाँटीमा चोट रहेको बताए । श्रीमतीको मानसिक अवस्था ठीक नभएको उनले बताए ।

बुधबार मध्यरातसम्म आफूले श्रीमतीसँग गफ गरेको बताउँदै उनले बिहान उठ्दा श्रीमती खाटमुनि मृत अवस्थामा भेटिएको बताए । ‘राति अबेरसम्म गफ गरेर सुतेका थियौं’ उनले भने ‘बिहान भुईमा लडेको देखेपछि उठाएर स्वास्थ्यकर्मीलाई बोलाएँ तर उनले मृत्यु भइसक्यो भने ।’ उनी राठी पोलिमर्समा काम गर्छन् । मृतक साहका ८ र १० वर्षका दुई छोराहरु छन्।अनलाइन खबरबाट साभार।


प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP