नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५२८ विद्यार्थी दिक्षित
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५२८ विद्यार्थी दिक्षित
बागेश्वरी पोस्ट
मंगलबार, माघ १०, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५२८ विद्यार्थी दिक्षित

प्रियास्मृति ढकाल/कोहलपुर । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा सि.सं. ४८ जुनियर एनसिसीका ५२८ जना विद्यार्थीहरु दिक्षित भएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयमा आज आयोजित दिक्षान्त कवाज कार्यक्रममा उनीहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी हिरालाल जोशीले दिक्षित गरेका थिए । 

११ जिल्लाका १५ वटा विद्यालयका ५ सय २८ जना विद्यार्थीहरुलाई दिक्षित भएका हुन् । लुम्विनी प्रदेशका नवलपरासी, पूर्वी रुकुम, दाङ र बर्दिया, कर्णाली प्रदेशका रुकुम पश्चिम, हुम्ला र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, बाजुरा र कञ्चनपुरका २६५ जना छात्र र २६२ जना छात्रा सहभागी भएका थिए । राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ६३ हजार ३४१ जना क्याडेट छात्रछात्राहरुलाई तालिम गराइसकेको छ । 

दिक्षान्त कवाज कार्यक्रमलाई सम्वोधन गर्दै उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी जोशीले दिक्षित विद्यार्थीहरुलाई राष्ट्रिय एकताको भावनाप्रति प्रेरित हुन सुझाव दिए । विद्यार्थीहरुलाई अनुशासित, इमान्दारिता र बफादारितामा अडिक हुन सुझाव दिँदै विकास र समाजसेवाप्रति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले राष्ट्रिय एकता र सद्भावका लागि कहिँकतै नडगमगाउन पनि सुझाव दिए । 

आजका युवा भोलिका कर्णधार हुन भन्ने युक्तिलाई आत्मासाथ गरी अनुशासन, इमान्दारिता, बफादारिता र युवाहरुमा नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रिय एकताको मालामा उन्ने उद्देश्यका साथ सरकारले राष्ट्रिय कार्यक्रम तर्जुमा गरी नेपाली सेनालाई यो तालिम गर्ने जिम्मेवारी राष्ट्रिय सेवा दललाई दिएको हो । 

दिक्षान्त कवाज समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, सैनिक अस्पताल नेपालगन्जका सहायक रथी नम्रता रावत, श्री ४ नं. बाहिनी अड्डा नेपालगन्जका सहायक वाहिनीपति उमेश कार्की, इपिसेन्टर नेपालगन्जका कार्यालय प्रमुख इन्द्रबहादुर शाह, अर्जुनवाण गण ओभरी बाँकेका गणपति अशोक खड्का, देविदत्त गण ठाकुरद्वारा बर्दियाका गणपति हिमालय थापा, बज्रदल गण नेपालगन्जका गणपति श्याम आत्रेय पौडेल, बाँकेका एसपी सन्तोषसिंह राठोर लगायतको उपस्थिति रहेको थियो । 

त्यसक्रममा तालिममा सर्वोत्कृष्ट क्याडेटहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी जोशीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सोमबार साँझ शिक्षालयमा आयोजित सांस्कृतिक साँझमा क्याडेट विद्यार्थीहरुले आ-आफ्नो भुषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP