prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विज्ञप्तिको ‘प्रोक्सी वार’ पछि गृहमन्त्री र आइजीपीको सम्बन्ध असन्तुलित बन्दै
विज्ञप्तिको ‘प्रोक्सी वार’ पछि गृहमन्त्री र आइजीपीको सम्बन्ध असन्तुलित बन्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ११, २०७९ बागेश्वरी पोस्ट
विज्ञप्तिको ‘प्रोक्सी वार’ पछि गृहमन्त्री र आइजीपीको सम्बन्ध असन्तुलित बन्दै

नेपालगन्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीका आइजीपी धिरजप्रताप सिंहबीच सम्बन्ध असन्तुलित भएको छ । डीआइजीहरुको सरुवापछि नै असन्तुलित बनेको सम्बन्धमा लक्ष्मी महतो कोइरीको पक्राउ र एसपीहरूको सरुवा विषयले झन् बिग्रँदै गएको छ । ३० वर्षे सेवा अवधि पूरा हुन तीन महिना बाँकी हुँदा गृहमन्त्री र आइजीपीको सम्बन्ध असन्तुलित भएकाले नेपाल प्रहरीको भावी नेतृत्वमा समेत असर पर्ने देखिएको छ । 

आपराधिक पृष्ठभूमि रहेका सांसद कोइरी एमालेको तर्फबाट संसद्मा प्रतिनिधित्व गर्छन् । उनलाई पक्राउ गर्न संसद्मा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले निरन्तर आवाज उठाएपछि गृहमन्त्री लामिछानेले मौखिक आदेश प्रहरीले पालना नगरेको भन्दै गृहमन्त्रालयबाट विज्ञप्ति नै जारी गरे । गृहमन्त्रीको सो विज्ञप्तिपछि नेपाल प्रहरी र गृहमन्त्रलयबीच ‘प्रोक्सी वार’ चल्यो । त्यसपछि प्रहरीले पनि ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको भन्दै अर्को सूचना प्रवाह गरिदियो । जबकि उपत्यका अपराध अनुसन्धान कार्यालयले सांसद कोइरीको पक्राउका लागि संसद् सचिवालयमा पक्राउ आदेश मागिसकेको थियो । त्यसलाई बेवास्ता गदै मन्त्रालयले विज्ञप्ति जारी गरेको पनि एक हप्ता बित्न लाग्यो ।  

गृह मन्त्रालयले यस्तो ब्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि गृहमन्त्री लामिछानेमाथिको आलोचना शुरु भयो । आलोचकहरूले उनको दक्षता र कार्यक्षमतामाथि नै प्रश्न चिह्न उठाए । गृह मन्त्रालय मातहतको सुरक्षा निकायले गृहमन्त्रीको ‘पटक-पटकको मौखिक निर्देशन कार्यान्वयन नगरेको’ भन्ने ब्यहोराको विज्ञप्ति आउनै नहुने बताइरहेका बेला प्रहरीले ७७ जिल्ला प्रहरीलाई निर्देशन दिएको भनेर गृह मन्त्रलयलाई सूचना प्रवाहमै काउण्टर दियो । ‘ल एन्ड अर्डर’ को मान्यता अनुसार गृह मन्त्रालय वा गृहमन्त्रीको लिखित र मौखिक वा जस्तोसुकै माध्यमबाट भएको निर्देशन प्रहरीले मान्नुपर्छ । मानिएन भने कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई हुन्छ तर त्यस्तो विषयलाई गृहमन्त्रीले बाहिर ल्याएर कोइरीलाई पक्राउ गर्न भन्दा तालुक मन्त्रालय र मातहतको निकायबीच खटपट भएको सङ्केत गरिदिए । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रालय र प्रहरी संगठनबीच कुनै पनि खटपट उत्पन्न नभएको बताउँछन् । सांसद कोइरीका सम्बन्धमा व्यापक जनचासो बढेकाले नेपाल प्रहरीलाई निर्देशन कार्यान्वयन गर्न थप जिम्मेवारी बनाउने उद्देश्यले मात्रै विज्ञप्ति जारी भएको उनको दाबी छ । 

‘गृह मन्त्रालय गम्भीर छ। प्रहरीलाई जिम्मेवार बनाउन थप लिखित निर्देशन गरेको छ भन्ने विषय जनाउन मात्रै विज्ञप्ति जारी गरिएको हो,’ उनले भने ।  पुस ७ गते कोइरीले अरू सांसदसँगै शपथ पनि लिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिए पनि उनलाई पक्राउ गर्न सकेको थिएन । यस्तै पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिँदा पनि कोइरी उपस्थित भएर पक्षमा मतदान गरेका थिए । सभामुखको निर्वाचन हुँदा पनि प्रतिनिधिसभा बैठकमा उनी उपस्थित भएका थिए । तर, त्यसदिन उनी मतदान नगरी निस्किएका थिए ।

गृह मन्त्रालयले सुरक्षा, अपराध निवारण र फरार अभियुक्त पक्राउ सन्दर्भमा प्रहरीलाई निर्देशन दिँदा सार्वजनिक विज्ञप्तिमार्फत गर्न नमिल्ने र गृहमन्त्री वा गृह मन्त्रालयले यस्ता विषय प्रहरी प्रमुख वा तालुकदार अधिकारीलाई बोलाएर मौखिक वा लिखित रूपमै निर्देशन दिने भएकाले यस्तो विषय बाहिर आउँदा प्रहरीले झन् काम नगरेको स्पष्ट देखिएको छ । एक हप्ता बितिसक्दा पनि अहिलेसम्म कोइरी पक्राउ परेका छैनन् ।  

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको निर्देशन नमान्ने भन्ने सवाल नै नहुने भन्दै नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले यसअघि नै ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन गइसकेको बताउँछन्  । ‘हरेक परिवर्तनपछि जनताबाट अनुमोदन भएको शक्तिको पछाडि प्रहरी उभिएको छ। अहिले गृहमन्त्रीज्यूको निर्देशन नमान्ने भन्ने नै हुन्न,’ डिआइजी एवं प्रवक्ता पोखरेलले भने । 

अहिले कोइरी भारत भागेको अनुमान गरिएको छ । प्रहरीले यो विषयमा सूक्ष्म अनुसन्धान गरेको जनाएपनि संसद् सचिवालयले पक्राउ आदेश नदिँदासम्म वा संसद् अधिवेशन बन्द नहुँदासम्म उनी पक्राउ पर्ने अवस्था नभएको प्रहरी अधिकारीहरूको दाबी छ । हाम्राकुराडटकमबाट साभार


प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP