नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १३, २०७९ बागेश्वरी पोस्ट
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने

नेपालगन्ज । नेकपा माओवादी केन्द्रले राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनका लागि पहल गर्ने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन  स्थायी समितिमा रहेका नेताहरूले सुझाव दिएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रचण्डलाई कांग्रेस र एमालेसहित सबैको सहमति गरेर राष्ट्रपति बनाउन सुझाव दिएको हो  ।

प्रधानमन्त्री प्रचण्डले स्थायी कमिटीका सदस्यहरूसँग राष्ट्रपतिको विषयमा सुझाव माग गरेका थिए । सत्ता गठबन्धन दल एमाले र सत्ताबाहिर रहेको कांग्रेसले राष्ट्रपतिमा दावी गरिरहेका छन् । कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएसँगै प्रचण्ड कांग्रेस तिर नजिकिएका छन् ।

वर्तमान सत्ता गठबन्धन एमालेकै जगमा बनेका कारण एमालेबाट बाहिर जान कठिन रहेको तर राष्ट्रिय सहमति बन्ने अवस्थामा कांग्रेस लगायतका दलहरूको पनि सहभागी हुने भएपछि माओवादी अध्यक्ष प्रचण्डले बैठकको सुरुवातमै राजनीतिक प्रतिवेदन पेश गर्दा राष्ट्रपतिबारे पनि सुझाव दिन आग्रह गरेका थिए ।

पार्टीको बैठकमा अधिकांश पदाधिकारीहरूले एमालेप्रति अझै शङ्काको दृष्टिले हेर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले राष्ट्रपतिको निर्वाचनमा झन् बढी नै शङ्का गर्नुपर्ने भएकाले एमालेकै पात्र भएपनि वाम आन्दोलन र वामगठबन्धप्रति सहज हुने व्यक्ति छान्न सुझाव दिएका थिए ।

आजको बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP